NIMB Header 2
Nepal Life

मन्त्रिपरिषद बैठक : १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार्नेदेखि अन्य के-के भए निर्णयहरु?

National Life
  • BFIS News
  • 2024 Aug 16 17:37
मन्त्रिपरिषद बैठक : १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार्नेदेखि अन्य के-के भए निर्णयहरु?
Sanima Reliance

काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १४ निर्णय गरेको छ। बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।

Shikhar
NIMB

उक्त ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न स्वीकृती प्रदान गरिएको छ।

यस्तै आर्थिक वर्ष २०७९/८० र आव २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजत चालु आर्थिक वर्षका लागि नवीकरण गरिदिन बाधा अड्काउ फुकाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यसैगरी, पराष्ट्रमन्त्री डा. आरजु राणाले आगामी भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गर्ने भएकी छन्। नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको तर्फबाट हुन लागेको यो पहिलो भ्रमण हो। परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमणसम्बन्धी कार्यक्रमलाई सरकारले स्वीकृत दिएको छ।

यस्ता छन् निर्णयहरु-

mantri-baithak-2-1723808168.jpgmantri-baithak-1-1723808168.jpg

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया