NIMB Header 2
Nepal Life

आइएमई लाइफको सातौ वार्षिकोत्सव, प्रभातफेरि तथा रक्तदान कार्यक्रम आयोजना

National Life
  • BFIS News
  • 2024 Aug 17 15:29
आइएमई लाइफको सातौ वार्षिकोत्सव, प्रभातफेरि तथा रक्तदान कार्यक्रम आयोजना
Sanima Reliance

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी ७ वर्ष पुरा गरि ८ औं वर्षमा प्रवेश गरेको छ । २०७४ भदौ १ गतेदेखि कारोबार संचालन गरेको कम्पनीले 'आई.एम.ई लाइफको अभियान सुरक्षित भविष्यको निर्माण' भन्ने नाराका साथ साताव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ । 

Shikhar
NIMB

शनिवार कम्पनीले आज प्रभावतफेरी सम्पन्न गरेको छ । विहान सातबजे केन्द्रिय कार्यालयबाट सुरु भएको प्रभावतफेरी लाजिम्पाट, दरवारमार्ग, जमल हुँदै पुन लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा आएर टुङ्गिएको थियो । प्रभावफेरिमा कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुको ठुलो उपस्थिति रहेको थियो । बीमा सम्बन्धी सचेतनामुलक प्ले कार्ड तथा व्यानर सहित उपस्थित भएका सहभागीले परिक्रमा गरेका हुन् । 

प्रभातफेरी कार्यक्रम सम्पन्न भए सँगै केन्द्रिय कार्यालय परिसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले आज देशव्यापी रुपमा रक्तदान तथा स्वास्थ्य सिविरका कार्यक्रमहरु आयोजना गरेको छ । 

सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै साताव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव आयोजना गरिएको कम्पनीले जनाएको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यले गएको सोमबार सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको थियो । कम्पनीले सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन उक्त कार्यक्रम आयोजना गरेको थियो ।

यस्तो कार्यक्रम महेन्द्रनगरस्थित कञ्चनपुर गर्ल्स होस्टेल, भिमादस्थित रिसिङ पाटन, चापागाउँस्थित देवि बहुमुखी क्याम्पस, डडेल्धुरास्थित भिमदत्त बहुमुखी क्याम्पस, सातदोबाटो स्थित सशस्त्र प्रहरी बल, टिकापुर स्थित टिकापुर बहुमुखी क्याम्पस, अत्तरिया स्थित होलिल्याण्ड उच्च मा.वि., कैलाली स्थित लम्की बहुमुखी क्याम्पस, तनहुँ स्थित भानुभक्त बहुमुखी क्याम्पस, लगायत मुलुकभर विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा सम्पन्न गरिएको थियो । 

कम्पनीले तीन दिन अगाडी टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पिडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेको थियो । त्यसैगरी काठमाडौंको स्थित विपद्को शिकार भएका परिवारहरुलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामाग्रिहरु वितरण गरेको थियो । साथै, धरान उप महानगरपालिकको सम्पूर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरुकालाई सम्मान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कम्पनीले ७ वर्षको अवधिमा जीवन बीमा क्षेत्रमा ठुलो फड्को मार्स सुरु गरिसकेको छ । सुरुवाति केहि वर्षमा कम्पनीको गति केहि कमजोर रहेता पनि पछिल्ला वर्षहरुमा हरेक सूचकमा आफुलाई अगाडी ल्याउने प्रयत्न गरिसकेको छ । 

जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला प्रिमियममा आइपिओ निष्काशन गरेर बीमित तथा शेयरधनी दुबैको हितमा काम गरेको छ । प्रिमियममा शेयर जारी गरेर कम्पनीले सहजै न्युनतम चुक्ता पूँजी जुटाउन सफल भएको छ भने बीमितहरुको जोखिम बहन गर्ने क्षमता बढाएको छ । यसले आगामी दिनमा बीमितको बोनसदर बढाउन पनि ठुलो मद्दत पुर्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल बताउछन् । 

आजका दिनमा कम्पनीको जीवन बीमा कोष ९ अर्ब ९९ करोड अर्थात १० अर्ब पुर्याउन सफल भएको छ । यस वर्ष पनि आकर्षक नाफा गर्न सफल कम्पनीले शेयरधनीलाई राम्रो लाभांश दिन सक्ने क्षमता बनाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया