Nepal Life

मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन हुने

NMB Bank
  • BFIS News
  • 2024 Aug 19 09:32
मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन हुने
National Life

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तनपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुनेछ।

Shikhar
NIMB

यसअघि संस्थामा  संस्थापक समूहको सेयर स्वामित्व ४० प्रतिशत र सर्वसाधारण समूहको ६० प्रतिशत कायम थियो। पूँजी संरचना परिवर्तनको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको संस्थाले जनाएको छ । संस्थाको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले पूँजी संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो।  

साथै संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा निवेदन पठाउन आग्रह गरिएको छ।

म्यादभित्र निवेदन नदिने संस्थापक सेयरधनीहरूको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार