Nepal Life

टेक बहादुरको जीवनमा दुर्घटना पछिको अध्यारोबाट उज्यालो ल्याउने नविल बैंकको विद्युतीय ट्याक्सी कर्जा

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Mon 10:43
टेक बहादुरको जीवनमा दुर्घटना पछिको अध्यारोबाट उज्यालो ल्याउने नविल बैंकको विद्युतीय ट्याक्सी कर्जा
Sanima Reliance

काठमाडौं । टेक बहादुर थापा मगरले ड्राइभर पेशा सुरु गरेको १८ वर्ष भयो । उनले सरुमा २००३ मोडलको मारुती सुजुकी ट्याक्सी चलाए । करिव ८ वर्ष चलाएर साढे ९ लाखमा बिक्री गरे । त्यस पछि अल्टो हुण्डाइ खरिद गरे । यसै क्रममा २०८० जेठ ११ गते उनको जीवनमा ठुलो बज्रपात भयो । हिड्दा हिड्दै गाडीले हानेर देब्रे खुट्टा गुमाउनु पर्यो ।

NIMB

ट्याक्सी चलाएरै जीवन चलाउनु पर्ने अवस्थाका थापाले जीवनमा अध्यारो मात्रै देखे । किनकी अव उनले सदाका लागि ड्राइभर पेशा छाड्नु पर्ने भयो । दुर्घटना पछि काटिएको खुट्टामा खाटा पर्न ७ महिना लाग्यो । बैशाखी टेकेर हिड्न त सकियो तर काम के गर्ने ? उनि उपाय खोजिरहेका थिए ।

उनले भर्खरै बजारमा आएका विद्युतीय ट्याक्सीका बारेमा बुझ्न थाले । विद्युतीय ट्याक्सी एउटा खुट्टा भए पनि सजिलै चलाउन सकिन्छ भन्ने कुरा थाहा पाए । त्यस पछि उनको हर्षको सिमा रहेन । विद्युतीय गाडीमा पेट्रोल गाडीको जस्तो खुट्टामा गियर, क्लज र ब्रेक छैन ।

छोरालाई विद्युतीय ट्याक्सीको कर्जा सम्बन्धी बुझ्न लगाए । उनि आफै बैंकको पुलचोक स्थित शाखा कार्यालयमा गएर बुझे ।

आफ्नै ट्याक्सी चलाएको वर्षौ अनुभव भएका थापा मगरले बैंकलाई विश्वास दिलाए । बैंक सँगको निरन्तरको छलफल पछि बैंकले उनको नामबाट भन्दा पनि छोराको नामबाट कर्जा झिक्न सुझाव दियो । त्यस पछि उनले पुरानो ट्याक्सी बेचिदिए । डाउन पेमेन्टका लागि नपुग अलि अलि रकम आफ्नो बचतबाट मिलाए ।

गाडी बिक्रेताले उनलाई विशेष सम्मान सहित ट्याक्सी ह्याण्डओभर गर्यो । उनि एउटा खुट्टा नभएकाहरु पनि ट्याक्सी चलाएर स्वरोजगार बन्न सक्छन् भनेर उदाहरणीय पात्र बनेका छन् । उनि विहान खाना खाएर साँझसम्म ट्याक्सी चलाउछन् । बेलुका उनका छोराले चलाउछन् ।

उनले ट्याक्सी चलाएको देखेर कयौ यात्रुहरु अचम्मित हुन्छन् । कतिपय यात्रुहरु उनलाई देखेर धेरै खुसी हुन्छन् । यात्रुहरुसँगको व्यवहारलाई सम्झिदै उनि भन्छन् ‘यस्तो अवस्थाका अन्य व्यक्तिहरु मागेर हिडिरहदा तपाईले यसरी आफैले ट्याक्सी चलाएर काम गरिरहनु भएको छ भन्दै मागेको भन्दा धेरै रकम दिएर जानुहुन्छ ।’

यदि नविल बैंकले विद्युतीय ट्याक्सी खरिदका लागि कर्जा नदिएको भए आफ्नो जीवन नै अन्धकार हुने उनि बताउछन् । विद्युतीय ट्याक्सी चलाए देखि उनको आम्दानीमा धेरै नै सुधार हुन थालेको छ । उनि दिनभरी ट्याक्सी चलाएर कम्तिमा पनि २५ सयदेखि ३ हजार रुपैयाँ कमाउछन् । छोरा उज्जलले बेलुका मासिक ३० हजारको एउटा टिप पाएका छन् । यस बाहेक पनि उनि रातभर ट्याक्सी चलाएर दैनिक २ हजार भन्दा धेरै कमाउछन् । यसरी बाबु छोरा मिलेर मासिक एक लाख ३० हजारदेखि एक ५० हजार रुपैयाँसम्म कमाउछन् ।

पेट्रोल गाडी चलाउदा उनि दैनिक ७०/८० किलोमिटर जति गुडाउथे । जसमा पेट्रोल खर्च ७/८ सय जति खर्च गरेर २५ सय तीन हजार आम्दानी हुथ्यो । अहिले पेट्रोलको ७/८ सय रुपैयाँ बचेको छ । यो रकमले उनलाई बैंकको किस्ता तिर्न पुगेको छ ।

उनले कर्जा लिएको पहिलो महिनामा व्याज मात्रै तिरे । त्यस पछिको महिनामा किस्ता तिरे । अव दोस्रो किस्ता तिर्ने तयारीमा छन् । उनले बैंकलाई मासिक ५३ हजार ८२ रुपैयाँ किस्ता तिर्नु पर्छ । यहि हिसावले कमाइ हुँदै गयो भने उनि कर्जाको अवधि भन्दा छिट्टै चुक्ता गर्ने सोचमा छन् । उनले भने ‘मैले यस भन्दा अगाडी पनि ट्याक्सी किन्दा लिएको कर्जा तोकिएको समय सिमा भन्दा धेरै अगाडी चुक्ता गरेको थिए । यस पटक पनि यहि हिसावले कमाइ हुँदै गएमा अझ छिट्टै तिरिसक्छु ।’

विद्युतीय ट्याक्सीमा तीन वर्षसम्मको ग्यारेन्टी रहने भएकाले यस अवधिसम्म कम्पनीले नै सर्भिस गरिदिन्छ । यसले गर्दा तीन वर्षसम्म ट्याक्सीको लागत उठाइसक्ने उनको योजना छ । यसरी तीन वर्षमा ट्याक्सीलाई पुर्ण रुपमा आफ्नो बनाएर त्यस पछिको आम्दानीले केहि गर्न सकिनेमा उनि विश्वस्थ छन् । आफुलाई यो अवस्थामा ल्याउन नविल बैंकले पुर्याएको योगदान प्रति उनि कृतज्ञ छन् । उनि भन्छन् ‘मलाई नविल बैंकले विश्वास गरेर दिएको कर्जाबाट मेरो जीवन नै फरिएको छ । अव म केहि पनि गर्न सक्दिन भन्ने अवस्थाको मान्छेलाई बैंकले गरेको सहयोगले ठुलो राहात मिलेको छ ।’

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया