Nepal Life

यस्ता छन् शेयर बजार बढ्नुका १६ कारण, प्रकाश दाहालको विश्लेषण

Global Ime detail Page
  • प्रकाश दाहाल
  • 2024 Aug Mon 20:48
यस्ता छन् शेयर बजार बढ्नुका १६ कारण, प्रकाश दाहालको विश्लेषण
Sanima Reliance

काठमाडौं । शेयर बजार विगत ५ महिनादेखि लगातार बढिरहेको छ । बजार उकालो लाग्नु सुरु हुनुभन्दा अगाडीदेखिनै उपसूचकमा उतारचढाव थियो । यस क्रममा नेप्से सूचक साढे ११ सय भन्दा धेरैले सुधार भइसकेको छ । गएको विहीबार सामान्य करेक्सन पछि नेप्से सूचक २९६६ अंक कायम भएको छ । 

NIMB

शेयर बजारमा सुधार आउनुका कारण र आगामी दिनमा अझै सुधार हुने कारणहरु निम्न छन् :

१. सेयर बजार प्रति लचकदार राष्ट्र बैङ्कको निति

२. 'बुलिस अर्थमन्त्री विष्णु पौडेल' अर्थमन्त्री हुनु

३. प्रधानमन्त्रीले पनि सेयर बजार प्रति चासो देखाउनु

४. घट्दो ब्याजदर र असोजमा थप घट्ने 

५. नयाँ लगानीकर्ता को बजार प्रवेश बढ्दै जानु

६. दैनिक कारोबार रकम वृद्धि हुँदै जानु,

७.  बैङ्कमा उच्च तरलता

८. दैनिक TMS खोल्ने र कारोबार गर्ने संख्यामा वृद्धि हुनु

९. सबै तिर सकारात्मक माहोल 

१०. अर्थतन्त्र चलायमान गराउन नेपाल सरकारको पहल र चासो

११. चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण अझै राम्रो आउने आशा

१२. दुई वर्षसम्मको वियरिस यात्रा सकिनु र नेप्से बढ्दो ट्रेण्डमा हुनु

१४. विश्वभर सेयर बजारमा वृद्धि भई स्याचुरेट हुनु

१४. आर्थिक मन्दी बिस्तार हट्दै जाने सङ्केत देखिनु र उपभोग्य सामान मूल्य घट्दो हुनु

१५. पेट्रोलियम पदार्थको मूल्य वृद्धि रोकिदै र घट्न सुरु हुनु

१६. मौद्रिक नीतिको सेयर बजारमैत्री आउनु

तर पनि, नयाँ लगानीकर्ताले शेयर खरिद गर्नु अगाडी टिएमएसमा निम्न कुराहरुमा विचार पुर्याउनु पर्छ । 

१. बेलुन झैँ फुलेका कम्पनीहरू 

२. खेलाडीले टुप्पोमा पुर्‍याएका कम्पनीहरू 

३. मूल्य अघिल्ला बुल भन्दा माथि पुगेको कम्पनीहरू

४. Negative EPS र Networth भएको कम्पनीहरू 

५. 100% भन्दा बढी बढेको र महँगो कम्पनीहरू 

(प्रस्तुत विचार नितान्त व्यक्तिगत हो । यसैका आधारमा लगानीको निर्णय गर्नु भन्दा पनि आफ्नो सुझबुझमा लगानी गर्नुहुन अनुरोध गर्दछु)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया