NIMB Header 2
Nepal Life

२२ कम्पनीले १९ अर्ब ४० करोडको हकप्रद शेयर निष्काशन गर्दं, ८ बीमा १४ हाइड्रोपावर पाइपलाइनमा

Muktinath Bank
  • BFIS News
  • 2024 Aug 20 08:39
२२ कम्पनीले १९ अर्ब ४० करोडको हकप्रद शेयर निष्काशन गर्दं, ८ बीमा १४ हाइड्रोपावर पाइपलाइनमा
Everest Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै २२ वटा कम्पनीले निवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ८ बीमा कम्पनी र १४ वटा जलविद्युत कम्पनी रहेका छन् ।

Shikhar
NIMB

नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन ८ बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाएका हुन् । हाल एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ १७ प्रतिशत, नेको इन्स्योरेन्स २५ प्रतिशत, एशियन लाइफ ४२ प्रतिशत, प्रभु इन्स्योरेन्स ५०.१५ प्रतिशत, सन नेपाल २७ प्रतिशत, नेपाल इन्स्योरेन्स ४० प्रतिशत, एलआइसी नेपाल ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा पुगेका हुन् ।

यस बाहेक हिमालयन रिइन्स्योरेन्स कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि नेपाल बीमा प्राधिकरणबाट अनुमति पाइसकेको छ । त्यस्तै सानिमा रिलायन्स लाइफले २० प्रतिशत तथा साजिमा जिआइसीले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नु पर्नेछ । युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद शेयर जारी गर्दैछ ।

जलविद्युत कम्पनीहरुमा पनि हकप्रद शेयर निष्काशन गर्ने होडबाजी चलेको छ । बजार बढेको समयलाई मौका छोप्दै जलविद्युत कम्पनीले हकप्रद शेयर जारी गर्ने होडबाजी चलेको हो । प्राय जलविद्युत कम्पनीले ऋण तिर्न तथा अर्को आयोजनामा लगानी गर्ने उद्देश्य देखाउदै सत प्रतिशतसम्म हकप्रद शेयर जारी गर्ने ट्रेण्ड बसेको छ ।

अधिकाम्सले सत प्रतिशत र केहिले ५० प्रतिशत हकप्रद शेयर जारी गर्दै छन् । संस्थापक शेयरमा लागेको लकिङ पिरियड खुल्ने वित्तीकै हकप्रद शेयरको घोषणा गर्दै दोस्रो बजारमा भाउ बढाएर आफै भाग्ने प्रचलन पनि बढेको छ । अहिले हाइड्रोपावरका डेभलपर विचमा हकप्रद शेयर जारी गर्दै क्यापिटल गेन गर्ने ट्रेण्ड नै बढेको छ ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्था तथा लघुवित्त वित्तीय संस्थालाई हकप्रद शेयर जारी गर्न रोक लगाएको हुँदा कसैले पनि हकप्रद शेयर जारी गरेका छैनन् । यस बाहेक अन्य कुनै पनि क्षेत्रमा हकप्रद शेयर जारी गर्ने ट्रेण्ड छैन ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया