Nepal Life

नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 08:00
नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ निर्धारण गरिएको छ।

सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलमा आवेदन दिनुपर्नेछ।
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया