NIMB Header 2
Nepal Life

सपिङ मलहरुमा बम आक्रमणको धम्की, अनुसन्धान गर्दै प्रहरी

National Life
  • BFIS News
  • 2024 Aug 21 08:22
सपिङ मलहरुमा बम आक्रमणको धम्की, अनुसन्धान गर्दै प्रहरी
Sanima Reliance

काठमाडौं। भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मंगलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ।

दिल्ली प्रहरीकाअनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो।

Shikhar
NIMB

सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको दिल्ली प्रहरीले बताएको छ।

दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो। घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो। हालसम्म बम फेला परेको छैन।

प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ।

गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो। तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ।

“एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सूचना प्राप्त गरेको थियो। सूचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै  घटनास्थलमा पुगेका थिए,” एसीपी विकास कौशिकले पत्रकारलाई बताए।

गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया