NIMB Header 2
Nepal Life

केही ठगहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे : प्रधानमन्त्री

National Life
  • BFIS News
  • 2024 Aug 21 12:08
केही ठगहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे : प्रधानमन्त्री
Sanima Reliance

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही ठगहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन्। स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीलाई बदनाम गर्न खोजिए पनि सरकारले राम्रोसँग अगाडि बढाउने बताए।

Shikhar
NIMB

उनले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताए। ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए।

आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन ओलीले जोड दिए।

“हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी  उधमशीलता वृद्धि गर्नुपर्ने छ। सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न। यसलाई अभियानका रूपमा लानुपर्छ। देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन’’, उनले भने, “हामी सरकारमा झण्डा हल्लाउन आएका होइनौ। यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन। केही गर्नका लागि जिम्मेवारीमा आएको हो।’’

यस्ता उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिन पनि उनले आग्रह गरे।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया