Nepal Life

अवितरित हकप्रद सेयर बिक्री गर्दै नेशनल फण्ड म्यानेजमेन्ट, कहिलेबाट दिन सकिन्छ आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Aug 22 08:35
अवितरित हकप्रद सेयर बिक्री गर्दै नेशनल फण्ड म्यानेजमेन्ट, कहिलेबाट दिन सकिन्छ आवेदन?
National Life

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टले संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद सेयर आगामी भदौ १३ गतेदेखि बिक्रीमा राख्न लागेको हो।

Shikhar
NIMB

गत जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई सञ्चालक समितिको निर्णय बमोजिम जेठ ३२ गतेसम्म कायम संस्थापक सेयरधनीहरुका लागि चुक्ता पूँजी ५४ करोडको २:१ अर्थात ५० प्रतिशत ले हुन आउने प्रतिसेयर अंकित मूल्य रु.५० दरको २७ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो। उक्त निष्काशित सम्पूर्ण सेयरको लागि आवेदन प्राप्त नभई बाँकी रहन गएको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।  

सेयर खरिदका लागि हाल कायम संस्थापक सेयरधनी, योग्य व्यक्ति, संघसंस्था तथा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले भदौ २० गते बैंकिङ्ग समयभित्र सानिमा क्यापिटल नक्सालमा आइपुग्ने गरी प्रतिकित्ता के कति दर रेटमा खरिद गर्ने हो उल्लेख गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५० रुपैयाँ र प्रिमियम थप ५० रुपैयाँ गरी कुल १०० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम २० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार