NIMB Header 2
Nepal Life

प्रधानमन्त्री ओली भन्छन् - डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाइन्छ तर, उद्योग बन्द गरेर होइन

National Life
  • BFIS News
  • 2024 Aug 22 17:40
प्रधानमन्त्री ओली भन्छन् - डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाइन्छ तर, उद्योग बन्द गरेर होइन
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम उठाउने स्पष्ट पारेका छन्। प्रतिनिधि सभामा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।”

Shikhar
NIMB

उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, “उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुटो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।”

उनले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी अनलाइनबाट हुने नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि बढेको जानकारी उनले दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया