Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 08:38
नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिने
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३६ औं वार्षिक साधारणसभा आज बस्दैछ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे बस्नेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने, नगद र बोनस सेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले साउन २४ गते १ दिन बुक क्लोज गरिसकेको छ। यसका आधारमा साउन २३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया