Nepal Life

लगानीकर्ताले सर्वाधिक रुचाएका तीन बाणिज्य बैंक: एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नविलको तुलनात्मक विश्लेषण

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 22:02
लगानीकर्ताले सर्वाधिक रुचाएका तीन बाणिज्य बैंक: एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नविलको तुलनात्मक विश्लेषण
Sanima Reliance

काठमाडौं । लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका तीन बाणिज्य बैंक जसको बजार मूल्य विकास बैंक तथा फाइनान्स भन्दा निकै कम छ । तर वित्तीय अवस्था हेर्ने हो भने निकै बलियो देखिन्छ ।

NIMB

यस बुलमा अझै पनि बाणिज्य बैंकको शेयर मूल्यमा उछाल आउन बाँकी छ । दोस्रो बजारमा सबैभन्दा महंगो एभरेष्ट बैंकको शेयर मूल्य ७६६ रुपैयाँ छ । जवकी बैंकको शेयर मूल्य विगत एक वर्षको अवधिमा न्युनतम ४४८ रुपैयाँदेखि ७७९ रुपैयाँ मात्रै पुगेको छ । त्यस्तै दोस्रो महंगो स्ट्यार्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४९७ रुपैयाँबाट अधिकतम ७९० रुपैयाँ मात्रै पुग्न सक्यो । तेस्रो महंगो नविल बैंकको शेयर मूल्य पनि ४१९ रुपैयाँबाट अधिकतम ७०० रुपैयाँसम्म मात्रै पुग्यो ।

यसरी वित्तीय अवस्था सबैभन्दा सबल रहेका यि तीन बाणिज्य बैंकहरुको बजार मूल्य अझै पनि तल्लो अवस्था रहनुले पनि बजारमा अझै बुलिस मुभमेन्ट बाँकी छ भन्ने संकेत गर्छ । अघिल्लो बुलमा नविल बैंकको शेयर मूल्य १७ सय भन्दा माथि थियो । तर यस वर्ष मर्जर पछि बढेको चुक्ता पूँजी र दोस्रो बजारमा कम्पनीको शेयर ओभर सप्लाइ भएकै कारण माथि जान सकिरहेको छैन ।

तर गएको बुलमा खासै माथि पुग्न नसकेका स्ट्यार्डर्ड चार्टर्ड र एभरेष्ट बैंकले यस वर्ष भने लिड गरिरहेका छन् । १८८२ को बुलमा भने यि दुबै बैंकले एकदमै राम्रो मूल्य बनाउन सफल भएका थिए । विश्लेषकहरुका अनुसार यि दुई बाणिज्य बैंकले १८८२ को बुललाई रिकल गरिदिएका छन् ।

यस पटक एभरेष्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै हुनुको एकमात्र कारण भनेको वितरणयोग्य मुनाफाको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै भएर हो । एभरेष्ट बैंकको खराव कर्जा सबैभन्दा कम छ । यसले गर्दा बैंकको वितरण योग्य मुनाफा सबैभन्दा धेरै देखिएको हो । बैंकको खराव कर्जा ०.७१ प्रतिशत मात्रै छ ।  यसले गर्दा वितरण योग्य मुनाफाबाट प्रतिशेयर आम्दानी २९.८६ प्रतिशत छ । यो भनेको बैंकको लाभांश दिन सक्ने क्षमता सबैभन्दा धेरै छ ।

बैंकको अहिलेको सर्वाधिक बजार मूल्यको रेकर्ड लाभांश घोषणा हुने अवधिसम्म कायम रहने देखिन्छ । यदि बैंकले वितरण योग्य मुनाफामा भएको सबै रकम लाभांशको रुपमा दियो भने पक्कै पनि यस वर्षको राजा एभरेष्ट हुनेमा दुइ मत छैन । बैंकले गएको वर्ष पनि २०.५३ प्रतिशत लाभाश दिएको हुँदा यस वर्ष पनि २५ प्रतिशत भन्दा माथि लाभांश दिन सक्ने लगानीकर्ताको आकलन छ ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि वितरण योग्य मुनाफाको तर्फबाट प्रतिशेयर आम्दानी २६.५ रुपैयाँ छ । बैंकले गएको वर्ष पनि शेयरधनीलाई १९ प्रतिशत लाभांश दिएको थियो । यसले गर्दा यस बैंकले पनि २० प्रतिशत भन्दा माथि नै लाभांश दिन सक्ने देखिन्छ ।

लगानीकर्ताको रोजाइमा परेको अर्को बैंक नविल हो । नविल बैंकको लाभांश सर्वाधिक धेरै रहेता पनि खराव कर्जा बढेका कारण वितरण योग्य मुनाफा निकै कम छ । बैंकको वितरण योग्य मुनाफाबाट प्रतिशेयर आम्दानी १४.२६ रुपैयाँ छ । बैंकले गत वर्ष ११ प्रतिशत लाभांश दिएको थियो । यस वर्ष पनि बैंकले लाभांशको यो दरलाई घटाउने देखिदैन । यस वर्ष बैंकले कम्तिमा पनि १४ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकले अहिलेको जटिल अवस्थालाई मध्यनजर गर्दै जगेडा कोष चलाउन दिन सक्ने अवस्था छैन । यसले गर्दा बैंकहरु वितरण योग्य मुनाफाबाट मात्रै लाभांश वितरण गर्न सक्ने सम्भावना उच्च छ । खराव कर्जा बढ्दै गर्दा बैंकहरुको पूँजीकोष धेरै टाइट छ । यसले गर्दा जगेडा कोषलाई यथावत राख्दै विद्यमान नाफाबाट लाभांश वितरण गर्न सक्ने सम्भावना रहेकोले पनि बैंकहरुको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण नदेखिएको हो ।

जगेडाकोषका हिसावले सबैभन्दा बलियो बैंक नविल नै अगाडी छ । नविल बैंकको जगेडा कोषमा २८ अर्ब ८६ करोड छ । एभरेष्टको १२ अर्ब २५ करोड हुँदा स्ट्याण्डर्ड चार्टर्डको ८ अर्ब ८३ करोड छ । दोस्रो बजारमा सबैभन्दा कम शेयर सप्लाइ स्ट्याण्डर्डकै छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड मात्रै छ । जवकी एभरेष्टको चुक्ता पूँजी ११ अर्ब ७६ करोड छ । पूँजीका हिसावले नविल धेरै अगाडी छ । बैंको चुक्ता पूँजी २७ अर्ब ५ करोड छ ।

वित्तीय अवस्था निकै सबल यि तीन वटै बैंकले अझै राम्रो मूल्य कायम गर्न सक्ने देखिन्छ । लाभांश नै दिन नसक्ने फाइनान्स भन्दा यस्ता राम्रा बैंकले राम्रो मूल्य कायम राख्न नसक्दा सदनदेखि सडकमै कम्पनीका बजार मूल्यका विषयमा ठुलो चर्चा हुन थालिसकेको छ । वित्तीय अवस्था निकै राम्रो रहेता पनि यि बैंकहरुको शेयर सप्लाइ धेरै रहकै कारण माथि पुग्न निकै गाह्रो भने पक्कै छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया