Nepal Life

सरकारले साउन महिनामै उठायो अहिलेसम्मकै सर्वाधिक धेरै पूँजीगत लाभकर, 'वर्षदिनको कर एकै महिनामा'

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sun 05:26
सरकारले साउन महिनामै उठायो अहिलेसम्मकै सर्वाधिक धेरै पूँजीगत लाभकर, 'वर्षदिनको कर एकै महिनामा'
Sanima Reliance

काठमाडौं । शेयर बजारमा उछाल आउदा सरकारले साउन एक महिनामा मात्रै ४ खर्ब २३ करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको छ । यो रकम अघिल्लो दुई आर्थिक वर्ष भरिको भन्दा पनि बढि हो । सरकारले आर्थिक वर्ष २०७९/८० मा जम्मा २ अर्ब ९७ करोड रुपैयाँ र २०८०/८१ मा ५ अर्ब ५० करोड रुपैयाँ प्राप्त गरेको थियो । 

तर यस वर्षको साउनमा सरकारले सर्वाधिक धेरै लाभकर उठाएको थियो । एकै महिनामा यति धेरै कर उठेको यो पहिलो पटक हो । साउन महिनामा कारोबार रकमले पनि रेकर्ड तोडेको थियो । बजार सर्वाधिक माथिल्लो विन्दुमा हुँदा २१ अर्बको कारोबार भएकोमा यस वर्ष २९ अर्ब भन्दा धेरैको कारोबार भयो । 

शेयर कारोबारमा कर कसरी लाग्छ ?

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको कम्पनीको शेयर कारोबारबाट प्राप्त लाभमा बासिन्दा प्राकृतिक व्यक्तिलाई एक वर्ष भित्र बिक्री गरेर प्राप्त हुने लाभको ५ प्रतिशत तथा एक वर्ष पछि बिक्री गरेर प्राप्त हुने लाभको ७.५ प्रतिशत, वासिन्दा निकायको हकमा १० प्रतिशत र अन्यको हकमा २५ प्रतिशतले कर लाग्दछ । यसमा नेपाल स्टक एक्सचेन्जले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएको कम्पनीको शेयर कारोबारमा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा १० प्रतिशतले वासिन्दा निकायको हकमा १५ प्रतिशत र अन्यको हकमा २५ प्रतिशतका दरले सम्बन्धित कम्पनिले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ देखि अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण गर्न सुरु गरेको थियो । नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ ।

१ वर्षभन्दा कम अवधिको लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नु पर्छ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्छ । यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्ने गरेका थिए ।

शेयर कारोबार गर्दा कुन समयमा कर लाग्छ ?

शेयर कारोबारमा शेयर निसर्ग भएकै समयमा जस्तै खरीद बिक्री भएकै बखत कर लाग्दछ र अग्रिमकर कट्टीको रुपमा दाखिला हुनु पर्दछ ।

शेयर कारोबारम करको रकम कहाँ र कहिले दाखिला गर्नुपर्छ ?

करको रकम अग्रिम कर कट्टी गर्ने स्टक एक्सचेन्ज वा निकायले नजिकको आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा कट्टी गरेको महिना समाप्त भएको मितिले २५ दिनभित्र विवरण सहित दाखिला गर्नुपर्दछ । करदाता स्वयंले कर दाखिला गर्दा भने अरु आय कर सरह दाखिला गर्नुपर्दछ ।

किनेको मूल्य भन्दा सेयर बिक्री मूल्य कम भएमा के हुन्छ ?

खरीद मूल्यभन्दा बिक्री मूल्य कम भएको शेयरको बिक्री कारोबारमा नोक्सानी भएकोले अग्रिम कर कट्टी गर्नु पर्दैन । सम्बन्धित करदाताले यस्तो नोक्सानी आय विवरण पेश गर्दा दावी गर्न पाउँछ र लगानीको अन्य आयमा मिलान गर्न पाउँछ ।

पूँजीगत घाटालाई आगामी कारोबारमा मिलान गर्न पाइन्छ वा पाईँदैन ?

पूँजीगत घाटालाई अगामी कारोवारमा पूँजीगत आय/लाभमा मात्र मिलान गर्न पाइन्छ । तर यस्तो नोक्सानी रोजगारी वा व्यवसायको आयमा मिलान गर्न पाइँदैन ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया