Nepal Life

आइएमई लाइफको सिइओबाट बाहिरिए कवि फुँयाल, निमित्त कार्यकारीको जिम्मेवारी अमात्यलाई

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sun 19:01
आइएमई लाइफको सिइओबाट बाहिरिए कवि फुँयाल, निमित्त कार्यकारीको जिम्मेवारी अमात्यलाई
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीबाट कवि फुँयाल बाहिरिएका छन् । उनको कार्यकाल भदौ ६ गते समाप्त भए सँगै कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यलाई दिएको छ । 

एक साता अगाडी मात्रै कम्पनीले आइएमई समुहका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । बजारमा फुँयालको कार्यकाल थपिने चर्चा भए पनि उनि अर्को कुनै कम्पनीमा जाने बजार हल्ला छ । उनले छिट्टै अर्को कम्पनीमा प्रवेश गर्ने चर्चा छ । 

सञ्चालक समितिले अमात्यलाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । कवि फुँयालको आगामन सँगै कम्पनीले जीवन बीमा व्यवसायमा ठुलो फड्को मारेको थियो । यसले गर्दा पनि कम्पनीले अर्को दक्ष क्षमतावान प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु पर्ने दवाव छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया