Nepal Life

आरजु राणाको भारत भ्रमण पछि तरङ्गित राजनीतिको प्रभाव शेयर बजारमा, ‘अपरिपक्व हल्ला मच्चाएर बजार घटाउने दाउ’

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Aug Mon 06:57
आरजु राणाको भारत भ्रमण पछि तरङ्गित राजनीतिको प्रभाव शेयर बजारमा, ‘अपरिपक्व हल्ला मच्चाएर बजार घटाउने दाउ’
Sanima Reliance

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाको भारत भ्रमण पछि तरङ्गित राजनीतिको प्रभाव शेयर बजारमा देखिएको छ । बजार बढोस भन्ने मनासयका साथ प्रधानमन्त्री तथा अर्थमन्त्रीले सकारात्मक अभिव्यक्ति दिइरहदा एका एक बजारमा ठुलो गिरावट देखियो । जवकी प्रधानमन्त्री केपि शर्मा ओलीले शेयर बजारले अधिकतम विन्दु नाघेको दिन केक काटेर लगानीकर्ताहरु सँगै बसेर उत्सव मनाउने घोषणा समेत गर्न भ्याए ।

जव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राणालाई विशेष स्थान दिए । यस पछि नेकपा एमाले पार्टी नै तरङ्गित बनेको राजनीतिज्ञहरु बताउछन् । यतिसम्मकी परराष्ट्रमन्त्री राणालाई भारतीय प्रधानमन्त्री मोदीले मङ्गलबार दिएको भेटलाई लिएर नेपालमा अनौठो मानियो । अनेक आयामबाट चर्चा परिचर्चा गरियो । कतिपयले यसलाई भर्खरै बनेको गठबन्धन सरकारका लागि सङ्कटका रूपमा समते अर्थ्याउन भ्याए ।

त्यसमा पनि प्रधानमन्त्री ओलीले शनिवार एक कार्यक्रममा आफूले महिला प्रधानमन्त्री बनाउन चाहेको बताइदिए । शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताएका थिए ।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’ भनेका थिए । आफू महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उनले पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि आफ्नै पालामा भएको बताए सँगै कतिपय सञ्चार माध्यमले अव आरजु राणा प्रधानमन्त्री बन्न थालेको भन्दै अर्थ्याए ।

यसरी ओलीले एक तिर दुई निसानी हानेका थिए । ओली अहिले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको चेपुवामा परेका छन् । भण्डारीले सक्रिय राजनीति सुरु गरे सँगै कतिपय जिल्लामा भण्डारी र ओली गुट निर्माण भइसकेको छ । यसै सन्दर्भमा उनले भण्डारीलाई व्यवस्थापन गर्न पनि कार्यकारी प्रधानमन्त्रीको तुरुप हालेका हुन सक्छन् । अर्को तर्फ राणालाई भारतले दिएको ट्रिट पनि सह्य नभएको हुन सक्छ । जवकी यि सबै धमिलो पानिमा माछा मार्ने काम मात्रै हुन् । अहिले जुन परिस्थितिबाट राजनीतिक समिकरण निर्माण भएको छ त्यो सबै भारतकै चाहनामा भएको हुँदा तत्काल सरकार ढल्न नसक्के राजनीतिक विश्लेषकहरु बताउछन् । यदि सरकारलाई नरुचाएको भए मोदीले राणालाई यति धेरै स्थान नै दिदैन थिए । 

यहि राजनीतिक घटनाक्रमलाई नियालेर बसेका केहि ठुला लगानीकर्ता र ब्रोकरले नेप्से सूचक ३ हजार पुगे पछि आफ्नो शेयर बिक्री गरे । आफुले शेयर बिक्री गरे पछि बजार घटाउन यि नै समुह र तप्काले आरजु राणाको भारत भ्रमणको विषयलाई देखाएर सरकार तलमाथि हुन थाल्यो भन्दै बजार घटाउन लागि परेका छन् । त्यसमा पनि सञ्चार माध्यम र युट्युवले आरजु राणालाई देखाएर सरकार परिवर्तनको चर्चा गरिदिए पछि लगानीकर्ताको मनोबल कमजोर बन्न पुग्यो । यसले गर्दा आइतबार नेप्से सूचक ७८.८८ अंकले घट्यो ।

केहि बजार घटाउन चाहने तप्का बाहेक अन्य लगानीकर्ताले बजारमा करेक्सन भएको बताइरहेका छन् । शेयर बजार विगत ५ महिनादेखि लगातार बढिरहेको थियो । राजीतिक कारणले नै बढेको बजार राजनीतिक घटना क्रमले नै करेक्सन हुन पुगेको उनिहरुको विश्लेषण छ । जसलाई शेयर विश्लेषकहरुले स्वभाविक मानेका छन् । 

त्यसमा पनि बजारमा भएको सुधारलाई लिएर सदनदेखि सडकसम्म केहि तप्काले विरोध पनि गरिरहेका छन् । उनिहरुको विरोधलाई लिएर लगानीकर्ताले सामाजिक सञ्जाल तथा सञ्चार माध्यम मार्फत डिफेन्स गरिरहेका छन् । शेयर बजार सरल रेखामा अगाडी बढ्दैन । एउटाले बजारमा जोखिम देख्दै गर्दा अर्कोले अवसर पनि देखिरहेको हुन्छ । यसरी नै बजार टिकेको हुन्छ । यहि कारण बजारले सर्वाधिक उचाइ कायम गरेका दिनमा पनि सर्वाधिक धेरै कारोबार हुने गरेको छ । 

यसैमा खेलाडीहरुले आफ्नो बुताले भ्याएसम्म खेल्न खोज्छन् । बुलिस ट्रेण्डमा नकारात्मक हल्ला फैलाएर बजार घटाउदा आफैलाई फाइदा हुन्छ भने त्यस्ता समुहले सकेको हल्ला फैलाउने धेरै पुरानो अभ्यास हो । अहिले जसरी राजनीतिक कारण देखाएर बजार घटाउन खोजिएको छ त्यसमा पनि कुनै सत्यता र प्रमाणिक छैन ।

जवकी राणाको यो पहिलो परराष्ट्र मन्त्री स्तरको पदिय भ्रमण हो । त्यसमा पनि उनि पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको पत्नी हुन् । यसरी आफैमा एक शक्तिशाली व्यक्ति जसको धेरै कुराहरुमा नेक्सस जोडिएको छ उनको भ्रमणलाई लिएर नेकपा एमालेका कार्यकर्ताले लगाएको अन्दाजलाई शेयर बजारमा जवरजस्ती रिफ्लेक्ट गर्न खोजिएको छ । यसको भित्रि कारण भने बजार घटाउने अनि पुन बजारमा प्रवेश गरेर थोर बहुत पैसा कमाउने नै हो ।

यसरी हल्लै हल्लामा २/३ सय अंक घटाउन सकियो भने सस्तोमा शेयर उठाउन सकिने भयो । भोलि हल्ला गलत सावित हुँदै जादा बजारले आफ्नै गति लिनेछ । बजारले अझै पनि अघिल्लो बुलको अधिकतम विन्दु चुम्न बाँकी छ । त्यसमा पनि बाणिज्य बैंकको शेयर मूल्य धेरै नै तल रहेको हुँदा बजार बढ्ने आधार अझै बाँकी छ ।

यदि यहि सरकार अवको एक वर्ष मात्रै टिक्यो भने पनि बजारले राम्रो गति लिनेछ । यहि कुरालाई बुझेकै व्यक्तिहरुले बजारमा नकारात्मक हौवा फैलाएर लगानीकर्तालाई ट्र्यापमा पारिरहेका छन् ।

यस पटक दिल्लीले नेपालबाट थप २५१ मेगावट विद्युत् खरिद गर्ने घोषणा गरेसँगै आगामी दिनमा नेपालले १,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने परिस्थिति बन्नुलाई अर्थपूर्ण मानिएको कुरालाई भने खासै चर्चा गरिएन । अझ अर्को रोचक पक्ष नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई पठाएको नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेकी थिइन्। 

भारतीय प्रधानमन्त्रीले उक्त आमन्त्रणलाई स्वीकार गरेको र द्विपक्षीय कूटनीतिक माध्यमबाट आपसी अनुकूलतामा तय गरिने मितिमा नेपालको भ्रमण गर्ने प्रतिबद्धता जनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। यसरी सफल मानिएको भ्रमणलाई लिएर अतिरञ्जित गर्न नहुने परराष्ट्रविदहरुले बताएका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया