Nepal Life

गाउँघर उज्यालो साना हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Tue 05:26
गाउँघर उज्यालो साना हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै
Sanima Reliance

काठमाडौं । गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागि आगामी असोज ३ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको बालकुमारीस्थित केएफसीमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभामा शेयरको सार्वजनिक निष्कासन गर्ने र सोबाट प्राप्त हुने पूँजीको उपयोग गर्ने, पूँजी वृद्धि गर्ने र स्वीकृत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरू छलफल गरी अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया