Nepal Life

लगानीकर्ताको रोजाइमा रहेका १० लघुवित्त कम्पनी : कस्तो छ वित्तीय अवस्था ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Tue 05:30
लगानीकर्ताको रोजाइमा रहेका १० लघुवित्त कम्पनी : कस्तो छ वित्तीय अवस्था ?
Sanima Reliance

काठमाडौं । पछिल्लो समय लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीका शेयरमा परेको छ । लगानीकर्ताको आकर्षण वित्त, विकास बैंक, जलविद्युत्, होटल तथा पर्यटन समूहका कम्पनी हुँदै लघुवित्त कम्पनीमा देखिएको हो । लगानीकर्ताले सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेको जानकार बताउँछन् । 

NIMB

पछिल्लो समय लगानीकर्ताको रोजाइमा परेको लघुवित्त समूहको सूचक पछिल्लो कारोबार दिन (गत आइतवार) ५ हजार ४३० दशमलव ६२ छ । दुई महीनाअघि (गत असार ९ गते) यस समूहको सूचक ४ हजार ५१५ दशमलव ५३ विन्दुमा थियो । यस आधारमा दुई महीना अवधिमा यस समूहको सूचक २० दशमलव २६ प्रतिशत वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५० लघुवित्त कम्पनीहरूमध्ये १० कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७८४ देखि ३ हजार ४२२ सम्म छ । तीमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ४२२ दशमलव १ छ । 

यस कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्ममा रू. १ करोड ३९ लाख नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३७ पैसा छ । 

कम्पनीको चुक्ता पूँजी रू. ६ करोड ८५ लाख छ । कम्पनीको सूचीकृत शेयर जम्मा ६ लाख ८५ हजार ७१८ कित्ता छ, जसमध्ये सर्वसाधारणतर्फको २ लाख २३ हजार ७१८ कित्ता छ । 

कम्पनीको शेयर संख्या कम भएकाले आपूर्ति कम हुँदा बजारमा माग बढी हुने गरेको छ । सोही कारण कम्पनीको शेयर उच्च विन्दुमा पुगेको जानकार बताउँछन् । पछिल्लो समय लगानीकर्ताको आकर्षण शेयर संख्या कम भएका कम्पनीमा रहेको उनीहरूको भनाइ छ । 

आत्मनिर्भर लघुवित्तपछि उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार १६८ छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १ करोड ८५ लाख नाफा कमाएको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७५ पैसा छ । यस कम्पनीको चुक्ता पूँजी रू. १० करोड ६१ लाख छ । 

त्यसैगरी, समाज लघुवित्तको शेयर मूल्य धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता रू.२ हजार ८७४ छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ५१ लख ३० हजार नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी भने २२ रुपैयाँ ४५ पैसा ऋणात्मक छ । कम्पनीको चुक्ता पूँजी रू. २ करोड २८ लाख छ । 

त्यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ५०० छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ४ करोड ७९ लाख नाफा कमाएको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २८ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी रू. १४ करोड ८५ लाख रहेको छ । 

१० कम्पनीहरूमध्ये जीवन विकास लघुवित्तको शेयर मूल्य रू.१ हजार ७९५ र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य रू. १ हजार ७८४ छ । 

यी हुन् लगानीकर्ताको रोजाइमा परेका १० लघुवित्त कम्पनी

कम्पनीको नाम पछिल्लो शेयर मूल्य रू.  खुद नाफा रू. हजारमा  प्रतिशेयर आम्दानी रू. चुक्ता पूँजी रू. हजारमा 
आत्मनिर्भर लघुवित्त 3422.1 13,969 20.37 68,571
उपकार लघुवित्त 3168 18,578 23.75 106,148
समाज लघुवित्त 2874 5,130 -22.45 22,850
युनिक नेपाल लघुवित्त 2500 47,953 32.28 148,575
नेष्डो समृद्धि लघुवित्त 2454 67,863 26.61 255,000
महिला लघुवित्त 2160 90,483 41.59 217,562
गुराँस लघुवित्त 1888 25,963 25.61 101,400
श्रृजनशील लघुवित्त 1870 34,961 31.99 109,375
जीवन विकास लघुवित्त 1795 582,205 43.21 1,347,518
सपोर्ट लघुवित्त 1784 23,843 22.16 107,618

स्रोत : कम्पनीको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण र नेप्से । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया