Nepal Life

गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो एकै पटक दुई आवको साधारण सभा

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Tue 05:32
गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो एकै पटक दुई आवको साधारण सभा
Sanima Reliance

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले आगामी असोज ३ गते एकैपटक अघिल्लो दुई आर्थिक वर्ष (आव)को वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभामा जारी पूँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि, १५ प्रतिशत शेयर कर्मचारी, सामूहिक लगानी कोष तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा र सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिने बताइएको छ । 

सभामा अधिकृत पूँजी वृद्धि गरी रू. १ अर्ब ५० करोड र तत्काल जारी पूँजी वृद्धि गरी रू. १ अर्ब ३० करोड पुर्याउने, प्रबन्धपत्र नियम ६ र नियमावली नियम २७ (२) संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश गरिने भएको छ । 

त्यस्तै आव ०७९/८० र ०८०/८१ को कार्यप्रगति, वार्षिक लेखापरीक्षकको प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ जना र १ जना व्यावसायिक विशेषज्ञ मनोनित गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया