Nepal Life

शेयर बजारमा करेक्सन सकियो, नयाँ लगानीकर्ताले धर्यताका साथ खरिद बिक्री गर्नु पर्छ : ढकाल

Global Ime detail Page
  • तुलसीराम ढकाल
  • 2024 Aug Tue 15:28
शेयर बजारमा करेक्सन सकियो, नयाँ लगानीकर्ताले धर्यताका साथ खरिद बिक्री गर्नु पर्छ : ढकाल
Sanima Reliance

काठमाडौं । शेयर बजारमा घट्नु बढ्नु स्वभाविक हो । बजार बढ्दा मात्तीएर हिड्नु पर्ने अनि आत्तीनु हुँदैन । बजार एकोहोरो बढ्दैन । हिजो २०५० अंकबाट ३ हजार नाघ्दा बजारले कति पनि विश्राम लिएन । यहाँ कहि न कहि गएर करेक्सन हुनु पर्ने थियो, भयो । यो केवल करेक्सन हो आत्तीनु पर्ने कुनै कुरा छैन ।

आज नेप्से सूचक १११ अंकले घट्दा पनि १८ अर्बको कारोबार भएको छ । नव आगन्तुक लगानीकर्ताका लागि यो कुरा नयाँ भए पनि हामी पुराना लगानीकर्ताहरुका लागि स्वभाविक हो । हामिले यस्ता कुराहरु पचाइसकेका छौ । बजार बढे पछि घट्छ भन्ने पनि थाहा छ । बजारमा करेक्न हुन्छ । करेक्सन हुँदै जानु पर्छ । हाम्रो पवित्र उद्देश्य भनेको सगरमाथा चुम्ने हो ।

सगरमाथा चुम्नका लागि दौडिएको दौडियै पुगिदैन । आराम पनि गर्नु पर्छ । यसको मतलब के हो भने पूँजी बजारले नयाँ इतिहास बनाउन खोजिरहेको छ । यसका लागि हामी लगानीकर्तामा धर्यता चाहिन्छ । करेक्सनले बजारलाई झन् बलियो बनाउछ भन्ने कुरा आम लगानीकर्ताले बुझ्नु पर्छ ।

करिव करिव करेक्सन सकिएको छ । यस अवधिमा नेप्से सूचक ३०२९ अंकसम्म पुग्यो । आज २७८२ अंक कायम भएको छ । लगभग साढे दुई सयले बजार करेक्सन भएको छ । करिव करिव करेक्सनको भाग सकिएको छ । यति भइसके पछि भलिका दिनमा बजार आफ्नै हिसावले अगाडी बढ्छ । यसमा कुनै डराउनु पर्ने अवस्था छैन । धर्यताका साथ लगानी गर्ने हो । लगानीकर्ताले धर्यता नगुमाइकन सुझबुझका साथ लगानी गर्नु पर्छ ।

यसले बजार एकदमै बलियो भएको देखाउछ । करेक्सनले बजारमा एकुमुलेसन गराउनुका साथै परिपक्व पनि बनाउदै लैजान्छ । यस्तो समयमा नयाँ लगानीकर्ताले धर्यता कायम राख्नु पर्छ । उनिहरुले बजारमा करेक्सन आउने वित्तीकै लौ बजार सकिने भयो भन्दै हतार हतार बेचिहाल्छन् । शेयर खरिद गर्दा पनि अव शेयर पाइदैन कि क्या हो भन्दै खरिद गर्छन् । पुराना लगानीकर्ताले यस्ता कुरा बुझेका छन् । त्यसैले नयाँ लगानीकर्ताले यस्तोमा चनाखो भएर काम गर्नु पर्छ । यस्तो समयमा उहाँहरु नफस्नुहोस् भने मेरो पवित्र उद्देश्य रहेको छ ।

(तुलसीराम ढकाल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष हुन् । शेयर बजारमा लगातार करेक्नस पछि उनि सँग गरिएको कुराकानीमा आधारित)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया