Nepal Life

नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकको विशेष अफर, सहुलियत दरमा सहजै कर्जा पाइने

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Tue 18:09
नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकको विशेष अफर, सहुलियत दरमा सहजै कर्जा पाइने
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि काठमाण्डौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा सहभागिता जनाएको छ । 

NIMB

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको हो । 

गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. E33 मा गई सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । ग्राहकहरुले आवेदन तल दिइएको क्युआर (QR) मार्फत समेत गर्न सक्नेछन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया