Nepal Life

स्टार माइक्रोले २२ करोड ५० लाखको आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Tue 18:19
स्टार माइक्रोले २२ करोड ५० लाखको आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल
Sanima Reliance

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । 

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००/- रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर मूल्य रु. १००/– को दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. मिति २०७९/०९/१४ मा दर्ता भइ मिति २०८०/०५/०१ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

२०८१, भाद्र ९ मा गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया