Nepal Life

गाडी चढ्ने तपाईको सपना लक्ष्मी सनराइज बैंकले पुरा गर्दै, ७ वर्षका लागि ८.९९ % फिक्सड व्याजदर

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 13:34
गाडी चढ्ने तपाईको सपना लक्ष्मी सनराइज बैंकले पुरा गर्दै, ७ वर्षका लागि ८.९९ % फिक्सड व्याजदर
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो सोलाई लक्षित गर्दै हरेक मानिसहरुको सवारीसाधन चढ्ने सपना पुरा गर्न सहुलियत व्याजदरमा गाडी कर्जा सार्वजनिक गरेको छ ।

NIMB

पछिल्ला दिनमा विद्युतीय गाडीमा बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले यस्ता सवारी साधनमा ८० प्रतिशतसम्म फाइनान्सिङ गरिरहेको छ । नाडा अटो शोलाई लक्षित गर्दै बैंकले ७ वर्षको लागि ८.९९ प्रतिशत फिक्स व्याजदरमा कर्जा प्रवाह गरेको छ । अहिले फिक्सड गरिएको व्याजदर आगामी ७ वर्षसम्म परिवर्तन हुँदैन । यसले गर्दा अहिले निर्धारित भएको किस्ता भन्दा एक रुपैयाँ पनि थपघटन नहुने बैंकका सिनियर अफिसर राज केसीले बताए ।

अटो सोमा कसैले गाडी खरिदका लागि अर्डर गरेमा तीन दिन भित्रै कर्जा दिने निर्णय हुने बैंकले जनाएको छ । यस्तो कर्जा लिने ग्राहकहरुले एक वर्षका लागि निःशुल्क एटिएम कार्डको सुविधा पाउनेछन् । यसका लागै इन्टरनेट बैंकिङ र मोबाइल मनिको सुविधा पनि निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले डिजेल पेट्रोल गाडीमा पनि आकर्षक व्याजदर सार्वजनिक गरेको छ । यदि निश्चित व्याजदर कायम नगर्ने हो भने अहिले नाडा अटो सो अवधिभर आधारव्याजरमा थप एक प्रतिशत मात्रै प्रिमियम लाग्ने गरि कर्जा लिन सकिनेछ । साथै व्याजदर फिक्स गर्ने हो भने यस्तो गाडीमा ९.२५ प्रतिशत लाग्नेछ । बैंकले विद्युतीय सवारी साधनलाई विशेष छुट प्रदान गरेको हो ।

विद्युतीय सवारी साधन चढ्दा सस्तो मूल्यमा विजुलीद्धारा चार्ज गर्न सकिन्छ । यो भनेको दैनिक एक दुई सय रुपैयाँ मात्रै खर्च हुन्छ । तर डिजेल पेट्रोलबाट चल्ने गाडीमा दैनिक हजारौ रुपैयाँ खर्च हुन्छ । जुन रकम बचत हुने भएकाले ऋणीले सहजै किस्ता तिर्न सक्ने मूल्याङ्कन गर्दै बैंकहरुले विद्युतीय गाडीमा बढि भन्दा बढि फाइनान्सिङ गर्नुका साथै व्याजदर पनि केहि कम गरेको पाइन्छ ।

नाडा अटो शोमा गाडीका पारखीले गाडीको बारेमा धेरै भन्दा धेरै बुझ्ने मौका पाउछन् । यसै समयमा उनिहरुले आफु सँग नपुग रकमको लागि बैंकको प्रकृयाँ र व्याजदरको विषयमा बुझ्न सक्ने भएकाले पनि बैंकले स्टल सञ्चालन गरेको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया