Nepal Life

बीवाइडीकाे अफर : गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 13:50
बीवाइडीकाे अफर : गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क
Sanima Reliance

काठमाडौं । नेपालमा बीवाइडीको गाडीको आधिकारिक वितरक साइमेक्स इन्कले बिवाइडी गाडी बुकिङ गर्दा एक वर्षका इन्स्योरेन्स र २.३ किलोवाटको चार्जर निःशुल्क उपलब्ध गराउने भएको छ ।

NIMB

‘नाडा अटो शो–२०२४’को अवसरमा कम्पनीले २०२४ भर्सनको ‘बीवाइडी एटो थ्री’ एडभन्स र सुपेरियर भेरियन्ट तथा बीवाइडी डल्फिनमा यो अफर ल्याएको हो । यो अफर पाउन ग्राहकले अटो शो अवधिभित्रै बुकिङ गरिसक्नुपर्ने छ भने तिहारसम्ममा खरिद गरिसक्नुपर्ने साइमेक्स इक्कले जनाएको छ ।

साइमेक्स इक्कका प्रमख बजार अधिकृत समीर श्रेष्ठका अनुसार बीवाइडी एटो थ्रीको २०२४ भर्सनमा बीवाइडी एपको नयाँ विशेषता थप गरिएको छ । उक्त एपले सवारी चालकले गाडी चलाइरहँदाको अनुभवलाई सहज तरिकारले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ । बीवाइडी एटो थ्रीको २०२४ भर्सनमा धेरै विशेषताहरु थप गरिएको उनले बताए ।

 

उनका अनुसार ती एपमार्फत गाडीको रेन्ज, पावर, लेवल र टावर प्रेसर चेक गर्न तथा गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको थाहा पाउन सकिन्छ । उनले भने, ‘बीवाइडीको नयाँ भर्सनले विद्युतीय सवारीको प्रविधि र डिजाइनलाई प्रतिनिधित्व गरेको छ । यसको इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपडेट गरिएको छ ।’

उनका अनुसार पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ ।

बीवाईडी एटो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्सडमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एटो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया