Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगाको हरियाली यात्राको सुरुवात, विद्युतिय कारमा सहुलियत व्याजदर

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 14:08
नेपाल इन्भेष्टमेन्ट मेगाको हरियाली यात्राको सुरुवात, विद्युतिय कारमा सहुलियत व्याजदर
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नाडा अटो शो २०२४ लाई लक्षित गर्दै सहुलियत व्याजदरमा विद्युतीय कार कर्जा ल्याएको छ । इभि कार कर्जाका साथ बैंकले हरियाली यात्राको सुरुवात गरेको छ ।

NIMB

यसका लागि बैंकले विद्युतीय कारमा ८० प्रतिशतसम्म फाइनान्सिङ गरिरहेको छ । अर्थात ग्राहकले २० प्रतिशत रकम बुझाए पछि ८० प्रतिशत रकम बैंकले उपलब्ध गराउछ । त्यो पनि आधार व्याजदरमा एक प्रतिशत मात्रै थप गरेर अहिले बैंकको आधार व्याजदर ८.६४ प्रतिशत छ । यसमा एक प्रतिशत प्रिमियम थप गर्दा जम्मा ९.६४ प्रतिशतमै गाडी कर्जा पाइने बैंकका अफिसर सुतेज रावलले जानकारी दिए ।

नाडा अटो शोलाई लक्षित गर्दै बैंकले प्रोशेसिङ शुल्क अर्थात सेवा शुल्क बापत ०.५ प्रतिशत मात्रै लिनेछ । नाडा अटो सो पश्चात यस्तो शुल्क बढ्नेछ । बैंकले सहुलियत व्याजदरमा कर्जाउपलब्ध गराउनका लागि गाडीका शोरुमहरु सँग सम्झौता समेत गरेको छ ।

बैंकले नाडा अटो शो अवधिभर भृकुटीमण्डपमा आफ्नो स्टलहरु सञ्चालन गर्नेछ । यहाँबाट ग्राहकहरुले कर्जाको प्रकृयाँ अगाडी बढाउन सक्ने छन् र नजिकको शाखा कार्यालयमा गएर सम्पुर्ण प्रकृयाँ पुरा गर्न सक्ने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया