Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृति

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Thu 05:06
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृति
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।

NIMB

बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न भदौ २ गते सेबोनबाट स्वीकृति पाएको हो । 

बैंकले कुल कित्तामध्ये १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ  । त्यस्तै, बाँकी २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । 

बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । जसको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया