Nepal Life

सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै, कतिमा हुँदैछ कारोबार ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Thu 10:43
सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै, कतिमा हुँदैछ कारोबार ?
Sanima Reliance

काठमाडौं । बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएकाे छ। यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर हालसम्मकै सर्वाधिक उचाई बनाएको हो ।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको मूल्य रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको हो । यो निरन्तर दोस्रो दिन हो ।

यस दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया