NIMB Header 2
Nepal Life

पुर्ब बैकंरहरुबाट एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी, १५ प्रतिशत आइपिओ जारी गर्ने मोडालिटी

National Life
  • BFIS News
  • 2024 Aug 29 17:12
पुर्ब बैकंरहरुबाट एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी, १५ प्रतिशत आइपिओ जारी गर्ने मोडालिटी
Sanima Reliance

काठमाडौं । नेपालमा उत्पादित  कृषिजन्य कच्चा र तयारि बस्तुमा आधारित उधोग ब्यवसायलाई बिकास र बिस्तार गर्ने उध्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारि भईरहेको छ । 

Shikhar
NIMB

अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही बर्ष अघिबाट प्रारम्भ भैसकेको छ। बिदेशि लगानिका दुई वटा र नेपाल धितो पत्र बोर्डबाट स्वीकृत एघार वटा भेन्चर क्यापिटल अहिले कार्यरत छन।नेपालमा नया प्रयोग भएको तथा देखासिकि र रहरमा खुलेका कंपनिले उध्देश्य अनुसार काम गर्न सकेका छैनन। 

राम्रो संभावना भएर पनि पुंजिको अभावमा धेरै उधोग ब्यवसाय राम्ररि चल्न सकेका छैनन। संभावना भएका नया उध‍ोग ब्यवसायमा जोखिम बढि हुने डरले बैकंहरु लगानि गर्न चाहदैनन।यस्ता उधोग ब्वसायमा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलले लगानि गर्छन।

नेपालमा संभावनाको आधारमा उधोग ब्यवसाय नखुल्ने र खुलेकामा पनि पारदर्शि लेखा प्रणालि र ब्यवस्थापन नहुने हुदा हामी कहाँ खुलेका भेन्चर क्यापिटलहरुले लगानि गर्न सकेका छैनन।

यहि यथार्थता बुझेर नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा लिले कृषि क्षेत्रका उधोग ब्यवसायलाई मुख्य प्राथमिकतामा राखेर  छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको छ।

नेक्सजेन म्यानेजमेन्टले  पुर्ब बैकंर, नियमक निकायका पुर्ब प्रमुख ,कृषि बिज्ञ र कृषि उध्धमिहरु संगको निरन्तर छलफल र संभाब्यता अध्यन पछि एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारि प्रारम्भ गरेको हो।          

विभिन्न चरणको छलफल पछि प्रस्तावित कंपनिको नाम नेपाल एग्रो भेन्चर क्यापिटल लि राख्ने निर्णय भयो। कंपनिको तत्काल चुक्ता पुजिं ५० करोड र संचालनको एक बर्ष भित्र १०० करोड बनाईने भएको छ।

कंपनिमा संस्थापकहरुको लागि ८५ प्रतिशत र सर्बसाधारणको लागि १५ प्रतिशत शेयर छुट्याईने छ। संस्थापक शेयर मध्ये ४५ प्रतिशत बैकं बिमा र सुचिकृत संस्थाको लागि हुनेछ भने ४० प्रतिशत ब्यक्ति र प्राईभेट कंपनिको लागि छुट्याईने छ।

प्रस्तावित भेन्चर क्यापिटल कंपनिमा सात सदस्यिय संचालक समिति हुनेछ।संस्थापकबाट पाच जना,सर्बसाधारणबाट एक जना र स्वतन्त्र संचालक एक जना हुनेछ।

नेपालमा बिदेशि लगानिका र स्वदेशि लगानिका भेन्चर क्यापिटल संचालनमा छन।तर कृषिजन्य कच्चा र तयारी बस्तुमा आधारित उधोग ब्यवसायको स्थापना ,संचालन र प्रबर्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नभएकोले य‍ो प्रकृतिको कंपनिको आवस्यक्ता भएको नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष तथा  प्रस्तावित कंपनिका एक प्रबर्धक रमेश कुमार भट्टराईले बताए ।

नेपाल कृषि प्रधान देश हो, ६५ प्रतिशत भन्दा बढि जनता कृषिमा निर्भर छन, जिडिपिमा कृषिको योगदान २४ प्रतिशत भन्दा बढि छ।कृषि क्षेत्रको बिकास बिना देशको बिकास संभव छैन। जनताको जीवन स्तर र क्रय शक्ति बढाउन कृषि उत्पादन र कृषिमा आधारित उधोग ब्यवसायको बिकास हुनै पर्छ।तर कृषिमा सोचे जस्तो लगानि हुन सकेको छैन।कृषिमा सरकारले दिएको सुबिधा पनि टाठा बाठाले पहुचको आधारमा दुरुपयोग गरेका छन।सहि कृषक र उध्धमिले पाउन सकेका छैनन।

सरकारले कृषि क्षेत्रको बिकास र बिस्तार गर्ने आकर्षक र चर्को नारा दिएको त छ तर  केही गर्न सकेको छैन। तेसैले जनस्तर र निजि क्षेत्रबाट पनि सकेको प्रयास गर्ने सिलसिलामा  भेन्चर क्यापिटलको माध्यमले गर्न खोजेको भट्टराई बताउछन। धितो पत्र बोर्डबाट स्वीकृति लिई कृषिलाई प्राथमिकतामा राखेर सेक्टर वाईज फण्ड उठाएर लगानि गर्ने र संग सगैं अरु सेक्टरका उधोग ब्यवसायलाई पनि तेसै गरि क्रमस: लगानि गर्दै बिकार र बिस्तार गर्दै  लान सकिने बिस्वास अध्यक्ष भट्टराईको छ। 

प्रस्तावित नेपाल एग्रो क्यापिटल लिमिटेडको संभाब्यता अध्यन र आवस्यक तयारि भैसकेको छ। आउने हप्ता भित्र बैकं बित्तिय संस्था,बीमा कंपनि,ब्यक्तिगत लगानि कर्ता र निजि कंपनिहरुलाई संपर्क गरि अघि बढ्ने जानकनरी भट्टराईले दिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया