Nepal Life

तीजमा अनावश्यक तडकभडक नगर्न काठमाडौं प्रशासनको आग्रह, सूचना विपरीत भए कारबाही गर्ने चेतावनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 11:02
तीजमा अनावश्यक तडकभडक नगर्न काठमाडौं प्रशासनको आग्रह, सूचना विपरीत भए कारबाही गर्ने चेतावनी
Sanima Reliance

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासनले एक सूचना जारी गरेर तडक भडकसहित खर्चिला कार्यक्रम नगर्न आग्रह गरेको हो । 

NIMB

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्धन गर्नेबाहेक तीजसँग सम्बन्धित अरु खर्चिला एवम् तडकभडक कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ । 

‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडक भडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचनामार्फत भनेको छ । सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसार कारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया