Nepal Life

सानिमा रिलायन्स लाइफले घोषणा गर्यो बीमितका लागि बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sat 12:24
सानिमा रिलायन्स लाइफले घोषणा गर्यो बीमितका लागि बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउने
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफले बीमितको लागि बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङ्कीय मूल्याङ्कन पछि बीमितको लागि नयाँ बोनसदर निर्धारण गरेको हो । बीमितका लागि बोनसदर निर्धारण गरे सँगै अव कम्पनीले शेयरधनीका लागि पनि लाभांश घोषणा गर्ने बाटो खुलेको छ । यसका लागि कम्पनीले लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्नेछ ।

मर्जर पछि साविक सानिमा लाइफ र रिलायन्स लाइफका छुट्टा छुट्टै पोलिसीको एक मुष्ट रुपमा बोनसदर सार्वजनिक गरिएको छ । कम्पनीले मनि व्याक पोलिसी बाहेक सावधिक जीवन बीमा पोलिसीमा आकर्षक बोनसदर निर्धारण गरेको छ । मनि व्याक पोलिसीमा भने न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि ४२ रुपैयाँ निर्धारण गरेको छ ।

सावधिक जीवन बीमा पोलिसीमा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म रहेको छ । कम्पनीले सार्वजनिक गरेको बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मृत्यु दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागु हुनेछ । साथै अर्को बीमाङ्कीय मूल्याङ्कन अनुसार नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोहि बोनसदर लागु हुने जनाइएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया