Nepal Life

सस्तोमा अटो लोन खोज्नेको नयाँ गन्तव्य बन्दै नविल बैंक, ‘सुन धितोमा राखेर डाउनपेमेन्टको सुविधा’

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sat 18:05
सस्तोमा अटो लोन खोज्नेको नयाँ गन्तव्य बन्दै नविल बैंक, ‘सुन धितोमा राखेर डाउनपेमेन्टको सुविधा’
Sanima Reliance

काठमाडौं । नविल बैंकले ५ वर्षको परिवर्तन नहुने व्याजदरमा अटो लोन दिएर आक्रमक कर्जा विस्तार गर्ने योजना अगाडि सारेको छ । बैंकले नजिकएको चाडवाड तथा नाडा अटो सोलाई लक्षित गर्दै विद्युतीय गाडीका आधिकारिक बिक्रेताहरु सँग ८.२५ प्रतिशत व्याजदरमा कर्जा प्रवाहका लागि सम्झौता गर्दै आइरहेको छ ।

NIMB

बैंकले सम्झौता नगरेका गाडीहरुका लागि पनि यहि व्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । नाडा अटो शोमा आफ्नै स्टल सञ्चालन गर्दै आइरहेको बैंकले धेरै भन्दा धेरै मानिसहरुलाई कर्जाको बारेमा बुझाइरहेको छ । विद्यमान समयमा अन्य बैंकहरुले सार्वजनिक गरेको भन्दा नविल बैंकको अफर आकर्षक देखिएको छ । बैंकले तत्काल डाउन पमेन्ट नभएर गाडी बुक गर्न नसकिरहेका ग्राहकहरुका लागि गोल्ड लोनको समेत व्यवस्था गरेको छ ।

सुनलाई नगद जत्तीकै मानिने भएकाले जो सँग प्रयाप्त मात्रामा सुन छ तर क्यास छैन भने उनिहरुले सुन धितोमा राखेर कर्जा लिन सक्छन् । बाँकी ८० प्रतिशत कर्जा सोहि गाडी धितोमा राखेर पाउने भएकाले बैंकको अटो लोनमा ग्राहकहरुको आकर्षण बढेको हो ।

बैंकले कर्जाको लागि निवेदन दिँदा आवश्यक डकुमेन्ट पुरा भएको फाइल ४८ घन्टा भित्र सदर हुने जनाएको छ । निवेदन दिने ग्राहकले आफ्नो दुई कपी फोटो, नागरिकताको फोटोकपी, मासिक आम्दानी खुल्ने सर्टिफिकेट जस्ता कागजपत्र पेश गर्नु पर्ने हुन्छ । नाडा अटो सोमा गाडी बुकिङ गर्ने ग्राहकलाई उनिहरुकै पाएक पर्ने शाखामा प्रकृयाँका लागि पठाउने गरेको छ ।  

नाडा अटो पश्चात पनि यो अफर कायम रहने बैंकले जनाएको छ । अहिलेको व्याजदरको स्किम नजिकएको दशै र तिहारलाई लक्षित गर्दै ल्याइएको हुँदा नेपाल अधिराज्य भरका जुनसुकै शाखा कार्यालयबाट कर्जा प्रकृयाँ अगाडी बढाउन सक्ने छन् ।

अहिले कायम बाणिज्य बैंकहरुले अटो लोनका लागि कर्जाको रेञ्ज तोकेका छन् । तर नविलले भने फिक्स दर नै निश्चित गरेको हुँदा ग्राहकहरु आकर्षित भएका हुन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया