Nepal Life

सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा, १० देखि १५ प्रतिशतसम्म नगद दिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 10:08
सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा, १० देखि १५ प्रतिशतसम्म नगद दिने
Sanima Reliance

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ को लाभांश घोषणा भएको छ । 

NIMB

क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन । क्यापिटलले बुक क्लोज लगत्तै लाभांश पारित गरेर इकाइधनीको खातामा पठाउनेछ । यस पटक बढ्दो शेयर बजारको मौका छोप्दै म्युचुअल फण्डले गएका वर्षको तुलनामा राम्रो लाभांश घोषणा गर्दै आइरहेका छन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया