Nepal Life

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 10:12
आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (भदौ १६ गते) अन्तिम दिन हो । आइतबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने छ । आँखुखोलाले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । यसले १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । 

जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयरका लागि यसले साउन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । 

यो हकप्रद सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूआर रेटिङ बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । 

कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । 

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया