Nepal Life

नेशनल लाइफले गर्यो बाबु छोरालाई ९७ लाख दाबी भुक्तानी, १० वर्षमै पाए ३७ लाख २० हजार बोनस

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 11:27
नेशनल लाइफले गर्यो बाबु छोरालाई ९७ लाख दाबी भुक्तानी, १० वर्षमै पाए ३७ लाख २० हजार बोनस
Sanima Reliance

काठमाडौं । जीवन बीमाको महत्व मृत्यु पछि मात्रै नभइ आफ्नो जीवनभर पनि उत्तीकै रहन्छ । हेटौडाका खड्गबहादुर नेपाली र उनका छोरा साहस नेपालीले १० वर्ष अगाडी नेशनल लाइफमा जीवन बीमा गरेका थिए । खड्गबहादुरले ५० लाखको र छोरा साहसले १० लाखको बीमा गरेका थिए । 

NIMB

बीमा अवधि समाप्त भए सँगै कम्पनीले बाबुछोरालाई एकमुष्ठ रुपमा ९७ लाख २० हजार रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीले बीमाङ्क रकम र बोनस सहित उक्त रकम प्राप्त गरेका हुन् । 

दुबैले २०७१ भदौ ८ गते खड्गबहादुरले १० वर्ष अवधि राखेर बीमा गरेका थिए । पोलिसी परिपक्व भए सँगै कम्पनीको हेटौँडा शाखाका शाखा प्रमुख नारायण कार्कीले बाबुछोरालाई चेक हस्तान्तरण गरेका छन् । जसअनुसार खड्गबहादुरलाई ८१ लाख रुपैयाँ र छोरा साहसलाई १६ लाख २० हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरिएको छ।

खड्गबहादुर २०४३ सालदेखि ठेक्कापट्टाको काम गर्दै आएका छन्। २०५४ सालमा उनले विभिन्न बीमा कम्पनीमा आबद्ध भएर ५०० भन्दा माथि बीमालेख पनि बिक्री गरेका छन्। उनले आफ्नी श्रीमती यमुनाको पनि ५० लाख रुपैयाँको जीवन बीमा गरेका छन्। खड्गबहादुरले तीनैजनाको नेशनल लाइफको अमृत वर्षा बीमा योजनाअन्तर्गत बीमा गरेका थिए।

सुरक्षित भविष्यका लागि सबैले बीमा गर्नुपर्छ, कार्यक्रममा खड्गबहादुरले भने, यो लामो समयसम्मको निरन्तर आम्दानीको स्रोत पनि हो। आइपर्ने जोखिम पनि वहन गर्छ। कार्यक्रममा खड्गबहादुरले आफ्नो नातिको १ करोडको बीमा खरिद गर्ने शाखा प्रमुख नारायण कार्कीलाई प्रतिबद्धता समेत गर्दै यो पेसा ७ पुस्ताले पनि छोडनु नहुने जानकारी गराए ।

आकर्षक बोनसकै कारण कम्पनीले १० वर्षको अवधिमै उनिहरुलाई आकर्षक रकम भुक्तानी गर्न सफल भएको हो । कम्पनीले हरेक वर्ष बीमितलाई आकर्षक बोनसदर दिदै आएको छ । अझ पछिल्ला केहि वर्षदेखि कम्पनीको बोनसदर जीवन बीमा कम्पनीहरु मध्येकै सर्वाधिक धेरै छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया