NIMB Header 2
Nepal Life

रिलायबल नेपाल लाइफ ८ औं वर्षमा प्रवेश, ७० लाख बीमितको विश्वास जित्न सफल

National Life
  • BFIS News
  • 2024 Sep 01 11:38
रिलायबल नेपाल लाइफ ८ औं वर्षमा प्रवेश, ७० लाख बीमितको विश्वास जित्न सफल
Sanima Reliance

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले सातौ वार्षिकोत्सवको अवसरमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुययाउन अहं भूमिका खेल्नहुने रिलायबल एडभाइजर, नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक आभार व्यक्त गरेको छ ।

Shikhar
NIMB

हाल सम्मको उपलब्धीबाट थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डरबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा गरेको छ ।

आगामी दिनहरुमा सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।यस अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा  विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

कम्पनीले दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंज शाखाहरुमा रक्तदान, दमौलि शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य सिविर, धनकुटामा स्थास्थ्य सिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी वार्षिकोत्सवका कार्यक्रमहरु मनाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया