Nepal Life

लगानीकर्ता र अर्थमन्त्री बीच भेटघाट, सुधारको लागि प्रतिबद्धता व्यक्त

NMB Bank
  • BFIS News
  • 2024 Sep 01 17:20
लगानीकर्ता र अर्थमन्त्री बीच भेटघाट, सुधारको लागि प्रतिबद्धता व्यक्त
National Life

काठमाडौं । लगानीकर्ताहरुले अर्थमन्त्री बिष्णु प्रसाद पौडेल संग भेटघाट गरेका छ्न । लगानीकर्ताहरुले अर्थमन्त्री समक्ष पुजीबजार सुधारकालागी तत्काल गर्नु पर्ने ५ बुदे माग पेश गरेका छ्न ।

Shikhar
NIMB

लगानीकर्ताले पूँजीबजारको बजारको स्थायीत्व र सुधारको लागि तत्काल गर्नु पर्ने निम्न कार्यहरु पेश गरेका छ्न

१. अबैज्ञानीक तरिकाले गणना गरेको पुँजीबजारको बजार पुँजीकरणले जनमानसमा गलत सन्देश दिएकाले तथ्य परक भई बैज्ञानीक तरिकाले बजार पूँजीकरण गणना गरि समायोजन गर्नु पर्ने ।

२. बैक वित्तिय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपमा सुचिकृत कम्पनीमा लगानी (खरिद बिक्रि) गर्न दिनु पर्ने ।

३. धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नु पर्ने

४. सबै प्रकारका शेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा झानु पर्ने ।

५.खराव वित्तिय अवस्था भएका कम्पनीहरुको प्राथमिक एवं हकप्रद निश्कासन रोक्नु पर्ने ।

६. धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरु (स्टक एक्सचेञ्ज, ब्रोकर, मचेन्ट बैकरहरु) को प्राविधिक क्षमता विस्तार गर्नु पर्ने ।

७. धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सुचिकृत कम्पनीहरुको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवच्छित गतिबिधि रोक्न नियमन बढाउनु पर्ने ।

भेटमा अर्थमन्त्रीबाट सम्पुर्ण मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त भएको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसी राम ढकालले बताए । भेटघाटमा साम्सद हरि ढकाल, नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसी राम ढकाल लगायत ५ जनाको उपस्तिथि थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार