Nepal Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ एपबाटै बिनाधितो पाँच लाखसम्म ऋण दिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 22:20
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ एपबाटै बिनाधितो पाँच लाखसम्म ऋण दिने
Sanima Reliance

काठमाडौं । वित्तीय समावेशीकरण र सुलभता तर्फको पहल अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआईएमबी स्मार्टलोनको सुविधा सुरु गरेको छ।

NIMB

यो सुविधा मार्फत बैंकका योग्य ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको कर्जा एनआईएमबी स्मार्ट एप मार्फत् बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले यो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ ।

यसमा ग्राहकहरुले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको छ ।

ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट एप मार्फत इमेल भेरिफिकेसन गरी सजिलै एनआईएमबी स्मार्टलोनमा रजिस्टर गर्न सक्नेछन् ।

एनआईएमबी स्मार्टलोनको लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्डहरु पूरा गर्नु पर्छ । जस्तै तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि । योग्य ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट मोबाइल बैकिङ एपको होमपेजबाट एनआईएमबी स्मार्टलोन एप्लाइ गरी कर्जाका सबै सुविधाहरु र कर्जा सम्बन्धी विवरण प्राप्त गर्न सक्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया