NIMB Header 2
Nepal Life

निर्जीवन बीमा कम्पनीले आर्थिक वर्षको पहिलो महिनामै भित्र्याए ४ अर्ब २६ करोडको व्यवसाय

National Life
  • BFIS News
  • 2024 Sep 02 05:28
निर्जीवन बीमा कम्पनीले आर्थिक वर्षको पहिलो महिनामै भित्र्याए ४ अर्ब २६ करोडको व्यवसाय
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै ४ अर्ब २६ करोड रुपैयाँको व्यवासय भित्र्याएका छन् । कम्पनीहरुले गत वर्षको साउन महिनाको तुलनामा यस वर्ष ७ प्रतिशतले बढाउन सफल भएका हुन् । कम्पनीहरुले गएको वर्षको साउन महिनामा ३ अर्ब ९८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

Shikhar
NIMB

साउन महिनामा सर्वाधिक धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ६३ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनीको ४५ करोड ३२ लाख रुपैयाँ छ । त्यस्तै शिखर इन्स्योरेन्सको ३६ करोड ८८ लाख, हिमालयन एभरेष्टको ३२ करोड ६० लाख, आइजिआइ प्रुडेन्सियलको ३० करोड ६२ लाख रुपैयाँ रहेको छ । 

गत आर्थिक बर्षको तुलनामा सर्वाधिक व्यवसाय बढाउने कम्पनी नेपाल इन्स्योरेन्स बनेको छ। अकम्पनीले गत बर्षको तुलनामा शतप्रतिशतले आफनो व्यवसाय बढाएको छ। दोस्रोमा दि ओरियन्टल इन्स्योरेन्सले ४०.४६ प्रतिशतले बढाएको छ।

तेस्रोमा नेको इन्स्योरेन्स रहेको छ। कम्पनीको व्यवासाय गत बर्षको तुलनामा २७.५९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, नेशनल इन्स्योरेन्सले १६.१० प्रतिशत, सलिकोले १४.५१ प्रतिशत, शिखरले ९.४९ प्रतिशत, सिद्धार्थ प्रिमियरले ६.६५ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ३.७१ प्रतिशत, सानिमा जिआइसीको २.८२ प्रतिशत र आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको ०.७१ प्रतिशत व्यवसाय वृद्धि गरेको छ।

साउन महिनामा बीमा कम्पनीहरुले २ लाख ४१ हजार वटा पोलिसी जारी गरेका छन् । जसमा लघु बीमा कम्पनीहरुले २० हजार २४३ वटा पोलिसी जारी गरेका छन । लघु बीमा कम्पनीहरुले ५ करोड १५ लाख रुपैयाँको व्यवसाय भित्र्याएका छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया