NIMB Header 2
Nepal Life

प्रतिनिधि सभा बैठक बस्दै, सहकारी छानविनका लागि गठित संसदीय समितिको म्याद थप प्रस्ताव पेश हुने

National Life
  • BFIS News
  • 2024 Sep 03 09:02
प्रतिनिधि सभा बैठक बस्दै, सहकारी छानविनका लागि गठित संसदीय समितिको म्याद थप प्रस्ताव पेश हुने
Sanima Reliance

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। त्यस्तै सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

Shikhar
NIMB

यसैगरी, सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।

तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदैछ । संसद सचिवालय स्रोतका अनुसार समितिको म्याद १५ दिन थप गर्ने सहमति बनेको छ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेद २०८१’ र ‘सार्वजनिक सेवा प्रशासन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नेछन् ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया