NIMB Header 2
Nepal Life

टान अध्यक्षमा माओवादीनिकट सागर पाण्डे निर्वाचित, अन्य पदाधिकारीमा को-को भए विजयी?

National Life
  • BFIS News
  • 2024 Sep 03 09:11
टान अध्यक्षमा माओवादीनिकट सागर पाण्डे निर्वाचित, अन्य पदाधिकारीमा को-को भए विजयी?
Sanima Reliance

काठमाडौं। ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन्। उनी नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी हुन्। पर्यटन व्यवसायी पाण्डेले सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) का साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन्।

Shikhar
NIMB

टानको ४६ औं साधारण सभा सोमबारबाट सुरू भएको हो। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कांग्रेसको असन्तुष्ट पक्षले भने पाण्डेलाई सघाएको थियो। पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत पाए।

यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वित्तीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्। महासचिवमा सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् भने सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा, महिला सदस्यमा पवित्रा तामाङ, खुला सदस्यहरूमा छाप्ते लामा शेर्पा, राजु गुरूङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा, विनोदकुमार तामाङ निर्वाचित भएका छन्।
 

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया