Nepal Life

विकास बैंक र माइक्रोफाइनान्सलाई लगाइएको प्रतिवन्ध खुलाउने हल्लाले शेयरमा उछाल, तत्काल नखोल्ने पक्षमा राष्ट्र बैंक

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Tue 17:49
विकास बैंक र माइक्रोफाइनान्सलाई लगाइएको प्रतिवन्ध खुलाउने हल्लाले शेयरमा उछाल, तत्काल नखोल्ने पक्षमा राष्ट्र बैंक
Sanima Reliance

काठमाडौं । शेयर बजारमा फाइनान्स, विकास बैंक र माइक्रोफाइनान्सलाई राष्ट्र बैंकले लगाउदै आएको प्रतिवन्धनात्मक व्यवस्था हटाउन लागेको चर्चाले शेयर बजारमा केहि समयदेखि राम्रै उछाल आइरहेको छ ।

NIMB

राष्ट्र बैंकले माइक्रोफाइनान्सको लाभांश वितरणमा सिमा लगाउदै आएको छ । संस्था घटाउने नीति अनुरुप राष्ट्र बैंकले मर्जरको लागि दवाव दिदै आइरहेको छ । अझै पनि लघुवित्तको संस्था आवश्यकता भन्दा धेरै रहेले तत्काल पूँजी बढाउन दिने अवस्था नरहेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल बताउछन् । सामान्यतया राष्ट्र बैंकले कुनै पनि नीतिगत व्यवस्थामा परिवर्तन गर्नु पर्यो भने मौद्रिक नीति वा समिक्षा मार्फत गर्ने गर्दछ । तर अहिले चालु आर्थिक वर्ष सुरु भएको भर्खर दुई महिना मात्रै भयो । समिक्षा कार्तिक महिना पछि मात्रै हुने भएकाले यस विषयमा कुनै पनि कुराहरु नउठेको उनले प्रष्ट पारे ।

केहि दिन अगाडी शेयर बजारलाई प्रभावित पर्ने गर्ने नारायणी डेभलपमेन्ट बैंकले सत प्रतिशत हकप्रद शेयर जारी गर्ने हल्ला चलाइएको थियो । जवकी राष्ट्र बैंकले कुनै पनि बैंक वित्तीय संस्थालाई हकप्रद शेयर निष्काशनमा प्रतिवन्ध लगाउदै आइरहेको छ । यहि कसैले हकप्रद शेयरको प्रकृयाँ सुरु गरेको छ भने त्यो राष्ट्र बैंकको नीति विपरित हुने सहायक प्रवक्ता पोखरेलले जानकारी दिए ।

अझै पनि केहि माइक्रोफाइनान्स समस्यामा रहेकोले हकप्रद वा पूँजी बढाउने अन्य कुनै पनि उपाय अपनाउने समय नरहेको राष्ट्र बैंकको भनाइ छ । बरु अझै बैंक वित्तीय संस्थाको संख्या घटाउनु पर्ने पक्षमा राष्ट्र बैंक रहेको छ । हाल २० वटा बाणिज्य बैंक, विकास बैंक १७ वटा, फाइनान्स १७ वटा र लघुवित्त वित्तीय संस्था ५२ वटा रहेका छन् । विगत दुई वर्षमा ६ वटा बाणिज्य बैंक र १३ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्ज भएका छन् ।

राष्ट्र बैंकले अझै पनि मर्जरको नीतिलाई निरन्तरता दिइरहेको हुँदा हकप्रद तथा बोनस शेयर दिएर पूँजी बढाउने विषयमा अझै लचिलो बन्न सकिरहेको छैन । कोभिड १९ को समयलाई देखाउदै राष्ट्र बैंक लाभांश वितरणमा कठोर बनेकै कारण अधिकाम्स बैंक वित्तीय संस्थाको चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै हुन थालिसकेको छ । यसले गर्दा पनि राष्ट्र बैंकले यदि लाभांशमा खुकुलो बन्ने वित्तीय बैंक वित्तीय संस्थाले बम्बर लाभांश दिन सक्ने अवस्था रहन्छ । तर राष्ट्र बैंकले अझै पनि वितरणयोग्य मुनाफामा भएको रकम बाहेक जगेडाकोषबाट लाभांश वितरण गर्न दिने पक्षमा देखिदैन । यदि राष्ट्र बैंकले लचिलो नीति लियो भने पनि कार्तिक महिनामा मात्रै लिनेछ । तर अहिले जति पनि बजारमा हल्ला चलाइएका छन् ति कुनै पनि कुरामा सत्यता नभएको राष्ट्र बैंकको भनाइ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया