Nepal Life

प्रधामन्त्रीलाई अन फलो गर्ने अभियानको प्रभाव शेयर बजारमा, राजनीतिक गतिविधिलाई लिएर लगानीकर्ता सशंकित

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 15:17
प्रधामन्त्रीलाई अन फलो गर्ने अभियानको प्रभाव शेयर बजारमा, राजनीतिक गतिविधिलाई लिएर लगानीकर्ता सशंकित
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको फेसबुक पेजमा अनफलो गर्ने अभियानको असर शेयर बजारमा देखिएको छ । प्रधानमन्त्री विरुद्ध सुनियोजित रुपमा सामाजिक सञ्जाल मार्फत गरिएका गतिविधिले लगानीकर्ता त्रसिद देखिएका हुन् ।  

NIMB

लगानीकर्ताले रुचाइरहेको अहिलेको राजनीतिक तथा सरकारी संरचनाका विरुद्धमा गतिविधि हुन थाले सँगै शेयर बजारमा लगानीकर्ताले नाफा बुक गर्दै शेयर बिक्री गर्न थालेका छन् । कतिपय लगानीकर्ताले आज आत्तीएर धेरै मात्रामा शेयर बिक्री गर्न समेत भ्याएका छन् । यसले गर्दा आज नेप्से सूचक ९०.७३ अंक अर्थात ३.२० प्रतिशतले घटेर २७२९ अंकमा झरेको छ । 

तीन अगाडीको एक सय भन्दा बढिले उकालो लागेको शेयर बजारलाई बजार विश्लेषकहरुले मरेको विरालो बुझिएको भन्दै संज्ञा दिएका थिए । तर आज उनिहरुले भने जस्तै पुन बजारमा ओरालो लाग्दा कतिपय शेयर बिक्री गरेर बाहिरिन भ्याए । अहिलेको राजनीतिक समिकरणमा ठुलो संका बढेको गइरहेको छ ।

अहिले राजनीतिक रुपमा कुनै पनि संकाको वातावरण नरहेको तर बजार घटाउने प्रपन्चका लागि केहि मानिसहरु लागि परेको बजार विश्लेषक तारा फुलेको तर्क छ । बजार घटाएर सस्तोमा शेयर खरिद गर्ने कतिपयको दाउले पनि बजारमा नराम्रो असर परेको उनको विश्लेषण छ । 

आज सबैभन्दा धेरै गिरावट फाइनान्समा देखिएको छ । हिजो निर्जीवन बीमा कम्पनीहरुमा सकारात्मक सर्किट लागेकोमा आज २.७३ प्रतिशतले घट्यो । सबै कुराहरु सकारात्मक भइरहेको भनिरहदा शेयर बजारमा भने एक पछि अर्को झट्का आइरहेको छ । यसले बजारलाई थप अस्थिर बनाइरहेको विश्लेषकहरु बताउछन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया