NIMB Header 2
Nepal Life

'सार्फी' को अध्यक्षमा गभर्नर अधिकारी चयन

Muktinath Bank
  • BFIS News
  • 2024 Sep 04 16:41
'सार्फी' को अध्यक्षमा गभर्नर अधिकारी चयन
National Life

काठमाडौं। साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ।

नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन्। मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘एलाइन्स फर फाइनान्सियल इन्क्लुसन एफआई ग्लोबल पोलिसी फोरम’ को बैठक चलिरहेको छ।

Shikhar
NIMB

बैठकअन्तर्गत बुधबार आयोजित १५ औं सार्फी लिडर्स राउण्डटेबल’ का क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो। सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका थिए।

बैठकले स्टेट बैंक अफ अफ पाकिस्तान (एसबीपी)लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ। यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ‘ग्लोबल पोलिसी फोरम’ को बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो। नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन्।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया