Nepal Life

मोलुङ हाइड्रोपावरले एकैपटक बोलायो दुई आर्थिक वर्षको साधारण सभा

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Thu 08:32
मोलुङ हाइड्रोपावरले एकैपटक बोलायो दुई आर्थिक वर्षको साधारण सभा
Sanima Reliance

काठमाडौं । मोलुङ हाइड्रोपावरले दुई आर्थिक वर्षको साधारण सभा डाकेको छ। कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो।

NIMB

आव २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभा असोज १८ गते काठमाडौंको कीर्तिपुरस्थित बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजे बस्नेछ।  

सभामा कम्पनीको प्रबन्ध पत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आव २०७९/०८० २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/०८० २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने, आव २०८०/०८१ को लागि लेखापरीक्षकमा भएको नियुक्तिलाई अनुमोदन गर्ने, आव २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र सञ्चालक समिति गठन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

सभा प्रयोजनका लागि असोज २ गते बुक क्लोज गरिने छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया