NIMB Header 2
Nepal Life

पशुपतिमा हरितालिका तीजको तयारी पूरा, बिहान ३ बजेबाटै चारवटा ढोका खुल्ने

National Life
  • BFIS News
  • 2024 Sep 05 15:58
पशुपतिमा हरितालिका तीजको तयारी पूरा, बिहान ३ बजेबाटै चारवटा ढोका खुल्ने
Sanima Reliance

काठमाडौं। हरितालिका तीजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भोलि अर्थात शुक्रबार नेपाली महिलाहरुले हर्षोल्लासपूर्वक तीज पर्व मनाउँदै छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तीजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

Shikhar
NIMB

उनले भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको जानकारी दिए।

त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ।

पिङ्गलास्थानबाट वनकाली, चारशिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाइनलाई चौंसट्ठी सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिणढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ। तिलगंगा राममन्दिरबाट बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पल सरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ।

कोषका सदस्यसचिव डा.थापा दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको बताए।

श्रीपशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्नेगरी व्यवस्थापन मिलाइने उनको भनाइ छ। उनले पशुपतिनाथको दर्शन गरेर फर्कंदा पशुपति मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिमतर्फ बाहिर सानो सदावर्त सत्तल अगाडि साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयबागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइने जानकारी दिए।

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण बाहेक) अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइने बताए।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया