NIMB Header 2
Nepal Life

जीवन बीमा व्यवसायमा ठुलो समस्या, सरेण्डर र ल्याप्स बढ्दा नविकरण ९ प्रतिशतले घट्यो, कुलमा पनि धक्का

National Life
  • BFIS News
  • 2024 Sep 06 08:32
जीवन बीमा व्यवसायमा ठुलो समस्या, सरेण्डर र ल्याप्स बढ्दा नविकरण ९ प्रतिशतले घट्यो, कुलमा पनि धक्का
Sanima Reliance

काठमाडौं । जीवन बीमा व्यवसायमा ठुलो समस्या देखिन थालेको छ । सरेण्डर र ल्याप्स बढ्दा चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन ९.०७ प्रतिशतले घटेको छ । प्रथम बीमा शुल्क आर्जन १० प्रतिशतले बढे पनि नविकरणमा गिरावट आउदा कुल बीमा शुल्क आर्जन ३.२८ प्रतिशतले घटेको छ ।

Shikhar
NIMB

पछिल्लो समय नेपालको बीम उद्योगमा सरेण्डर र ल्याप्सेस ठुलो समस्याको रुपमा देखिएको छ । आर्थिक मन्दी तथा बीमितको बीमा शुल्क भुक्तानी गर्न सक्ने क्षमतामा आएको ह्रासको कारणले गर्दा पनि नविकरण बीमा शुल्कमा असर पुर्याएको बीमकहरुको धारणा छ ।

यसका अलावमा एउटा तितो यथार्थ भनेको हिजोका दिनमा तार्गेट पुरा गर्न जारी गरिएका बीमा पोलिसीले निरन्तरता नपाउनुले पनि हो । टार्गेट पुरा गर्न अभिकर्ता तथा शाखा प्रमुखहरुले नै तत्कालिन समयमा कसैको नाममा बीमा पोलिसी जारी गर्ने र इन्सेन्टिभ र टार्गेट अनुसारको सेवा सुविधा उपभोग गर्ने गलत अभ्यास जीवन बीमा वीमा क्षेत्रमा व्याप्त छ । वास्तविक बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई आकर्षक इन्सेन्टिभ तथा सेवा सुविधा दिनु पर्छ त्यसमा मिल्छ भने कमिशन पनि बढाउदा हुन्छ तर टार्गेट पुरा गर्ने नाममा नियोजित रुपमा भोलिसी सरेण्डर गर्ने हिसावले पोलिसी जारी गर्नु कदापी पनि बीमा क्षेत्रका लागि जायज नहुने बीमा बीज्ञहरु बताउछन् ।

चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमा लेख बाहेक २ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गएको वर्ष कम्पनीहरुले २  अर्ब २९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । प्रथम तर्फ भने १३.१० प्रतिशतले बृद्धि देखिएको छ । गएको साउन महिनमा प्रथम तर्फको व्यवसायमा ४.२७ प्रतिशतको मात्रृ बृद्धिदर थियो ।

एक महिनामा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बापत २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नविकरण तर्फ हेर्ने हो भने साउन महिनामा कम्पनीहरुले १५ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेका छन् । जवकी गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीहरुले १७ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेका थिए । यो भनेको ९.०७ प्रतिशतको गिरावट हो ।

कुल तर्फ हेर्ने हो भने साउन महिनामा कम्पनीहरुले १८ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गएको वर्षको साउनमा कम्पनीहरुले १९ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यसरी कुल तर्फ पनि ३.२८ प्रतिशतको गिरावट देखिएको छ ।

साउन महिनामा सर्वाधिक धेरै बीमा शुल्क आर्जन नेपाल लाइफकै रहेको छ । कम्पनीले प्रथम तर्फ ६४ करोड ६६ लाख, नविकरण तर्फ ५ अर्ब ५ करोड, र कुल तर्फ ५ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यसरी कम्पनीको कुल तर्फको बजार हिस्सा सर्वाधिक धेरै ३०.७४ प्रतिशत रहेको छ ।

दोस्रो नम्बरमा रहेको नेशनल लाइफको पनि प्रथम तर्फ ४१ करोड ३४ लाख, नविकरण तर्फ एक अर्ब ८३ करोड र कुल तर्फ २ अर्ब २६ करोड रहेको छ । नेशनलले प्रथम तर्फ भने आफुलाई आक्रामक रुपमा प्रस्तुत गरिरहेको छ ।

मर्जर गर्नेहरुमा सबैभन्दा आक्रामक प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीले अन्य कम्पनीहरुको तुलनामा आफ्नो बजार हिस्सालाई सुधार गरिरहेको छ । कम्पनीले साउन महिनामा ७ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै २.९९ प्रतिशत र कुल तर्फ ५८ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै ३.१६ प्रतिशत हिस्सा ओगटेको छ ।

हेर्नुहोस् कुन कम्पनीको कति ?

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया