Nepal Life

अमेरिकी डलरले बनायो रेकर्ड, युरो र पाउण्ड स्ट्रलिङको भाउ पनि बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 08:55
अमेरिकी डलरले बनायो रेकर्ड, युरो र पाउण्ड स्ट्रलिङको भाउ पनि बढ्यो
Sanima Reliance

काठमाडौं — अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो ।

बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको हो।

NIMB

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार बिहीबार युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम भएको थियो भने आज एकको खरिदर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ । बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो भने आज एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया