एनआईविएल ग्रोथ फण्डद्वारा लाभांश घोषणा
- BFIS News
- 2024 Sep Fri 08:58
काठमाडौं । एनआईविएल ग्रोथ फण्डले इकाईधनीहरूलाई लाभांश घोषणा गरेको छ । एनआइएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूलाई गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।
लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति पछि तय गरिने क्यापिटलले बताएको छ । यस फण्डको कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हो ।
प्रतिक्रिया