Nepal Life

लाभांश वितरण प्रयोजनार्थ आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको बुक क्लोज मिति तय

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 09:05
लाभांश वितरण प्रयोजनार्थ आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको बुक क्लोज मिति तय
Sanima Reliance

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

NIMB

योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङले यी २ वटै योजनाका  लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ ३१ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदौ ३० गतेसम्म कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

आरविवि म्युचुअल फण्ड १ का लागि ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का लागि ८.९४ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया