Nepal Life

नेशनल लाइफको प्रथम बीमा शुल्क आर्जनमा सर्वाधिक धेरै ७० % ले बढ्यो, बजार हिस्सा १५.९५ % पुर्याउन सफल

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 10:11
नेशनल लाइफको प्रथम बीमा शुल्क आर्जनमा सर्वाधिक धेरै ७० % ले बढ्यो, बजार हिस्सा १५.९५ % पुर्याउन सफल
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ प्रथम बीमा शुल्क आर्जनमा सर्वाधिक धेरै आक्रामक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै कम्पनीले प्रथम बीमा शुल्क आर्जन ६९.७० प्रतिशतले बढाउदै बजार हिस्सालाई पनि सुधार गरेको छ ।

NIMB

कम्पनीले यस आर्थिक वर्षको पहिलो महिनामै ४१ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जवकी कम्पनीले गत वर्षको साउनमा २४ करोड ३६ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । यसरी नयाँ व्यवसायमा सबैभन्दा आक्रामक रहेको कम्पनीले यस समुह तर्फ आफ्नो बजार हिस्सा पनि बढाएको छ । प्रथम बीमा शुल्क आर्जनमा नेशनल लाइफको हिस्सा १५.९५ प्रतिशत छ । जवकी गत वर्ष कम्पनीको बजार हिस्सा १०.४८ प्रतिशत मात्रै थियो ।

नेशनल लाइफले पछिल्ला केहि वर्षदेखि आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । यसका लागि एजेन्सी च्यानललाई पनि कम्पनीले बृद्धि विकास गरिरहेको छ ।

साउन महिनामा कम्पनीले एक अर्ब ८३ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । नविकरण, प्रथम र वैदेशिक सहित कुल बीमा शुल्क आर्जन भने २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्क आर्जन तर्फ पनि कम्पनीको बजार हिस्सामा सुधार आएको छ । कुल तर्फको हिस्सा भने १२.२० प्रतिशत छ ।  

चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमा लेख बाहेक २ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गएको वर्ष कम्पनीहरुले २  अर्ब २९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । प्रथम तर्फ भने १३.१० प्रतिशतले बृद्धि देखिएको छ । गएको साउन महिनमा प्रथम तर्फको व्यवसायमा ४.२७ प्रतिशतको मात्रृ बृद्धिदर थियो ।

एक महिनामा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बापत २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नविकरण तर्फ हेर्ने हो भने साउन महिनामा कम्पनीहरुले १५ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेका छन् । जवकी गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीहरुले १७ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेका थिए । यो भनेको ९.०७ प्रतिशतको गिरावट हो ।

कुल तर्फ हेर्ने हो भने साउन महिनामा कम्पनीहरुले १८ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गएको वर्षको साउनमा कम्पनीहरुले १९ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यसरी कुल तर्फ पनि ३.२८ प्रतिशतको गिरावट देखिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया